काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघीय सभाद्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघीय सभाले एक कार्यक्रमको आयोजना गरि प्रवास सभा मलेसियाका प्रमुख जि बि गुरुङ (मंगोल) को धर्मपत्नी अनिता गुरुङलाई सम्मान गरेको हो ।
गुरुङ परिवारको संगठनलाई महत्त्वपूर्ण योगदान रहदै आएको छ । मलेसियामा आफ्नै ब्यबसाय संचालन गर्दै आउनुभएको गुरुङ प्रवास सभा मलेसिया प्रमुख समेत रहनु भएको छ । प्रवास सभा मलेसियाका प्रमुख जि बि गुरुङ मंगोलको धर्मपत्नी अनिता गुरुङ केहि महिना अगाडि स्वदेश आउनुभएको थियो । वहाँ छिट्टै मलेसियामा फर्कने पारिवारिक स्रोतले मंगोल खबरलाई जानकारी दिएको छ ।
वहाँलाई मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघीय सभाका मुलसचिव नर बहादुर दर्लामी मगर (बर्णबास), संघीय संचार बिभाग प्रमुख जिवन मंगोल, संघीय सांकृतिक बिभाग प्रमुख इन्दिरा राइ, संघीय सदस्य लक्ष्मी पुन मगर लगायत अन्य नेताकार्यकर्ताहरुले खादा लगाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा संघीय सचीव दर्लामीले गुरुङ परिबारले संगठन प्रती गरेको योगदानको चर्चा गरेका थिए ।