नयाँ शक्ति नेपाल र संघीय समाजबादी फोरम नेपाल बिच पार्टी एकीकरण सम्पन्न - MONGOL KHABAR

Breaking

नयाँ शक्ति नेपाल र संघीय समाजबादी फोरम नेपाल बिच पार्टी एकीकरण सम्पन्न

काठमाडाैं । बाबुराम भट्टराई संयोजकत्व नयाँ शक्ति पार्टी र उपेन्द्र यादब नेतृत्वको संघिय समाजबादी फोरम बीच पार्टी एकता सम्पन्न भएको छ । 
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कार्यक्रमको अध्यक्षता गरिरहेका उपेन्द्र यादवले नाम घोषणा गरेका हुन् । भने केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।
बरिष्ठ नेताका रुपमा अशोक कुमार राई चयन भएका छन भने, पार्टी सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् । यस्तै, उपाध्यक्षहरुमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।
महासचिवहरुमा,  गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।  उपमहासचिवहरुमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् भने सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोङ, पर्शुराम बस्नेत, प्रशान्त सिंह चयन भएका छन् । पार्टी कोषाध्यक्षमा विजयकुमार यादव चयन भएका छन् ।