निस्दी गाउँपालिका बासीलाई सौर्यबत्ती - MONGOL KHABAR

Breaking

निस्दी गाउँपालिका बासीलाई सौर्यबत्ती

जगत ठाडा
पाल्पा । टुकिको भरमा जिबनयापन गर्दै आएका पाल्पा निस्दी गाउँपालिकाका स्थानियले अब सोलारबाट बत्ती बाल्न पाउने भएका छन । निस्दी गाउँपालिकालाई टुकिरहित बनाउने कार्यक्रम अन्तरगत यो अभियान थालिएको हो ।
पुरै गाउँपालिकामा टुकि बालेर जीवन निर्बाह गरेका १६६ घरधुरी परिवारलाई सोलार बितरण गर्न गाउँपालिकाले रु.१४ लाख ११ हजार हजार बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले मंगोल खबरलाई बताउनुभयो । मगर सामुदायको बाक्लो बस्ती रहेको निस्दी गाउँपाकिका सदरमुकाम पाल्पा तानसेनबाट करिब ७० किलोमीटर पुर्बमा रहेको सात वटै वडालाई सोलार बितरणको योजना रहेको छ ।

पहिलो चरणमा वडा नम्बर ६ का ४१ घरधुरीलाई २० वाट क्षमताका सोलार बितरण गरिएको वडाअध्यक्ष मेखबहादुर सुनारीले बताएका छन । गाउँपालिकाको अर्चले, गल्धा, झुरुबास, मित्याल र ज्यामिरेमा सामुदायिक विद्युतिकरणको काम भए पनि ढिलासुस्ती भएको वहाँले बताउनु भयो ।

बिजुली नहुदा त्यहांको बासिन्दाले मोबाइल चार्ज गर्न तथा विद्युतिय सामानको प्रयोग गर्न समस्या भएको स्थानियको गुनासो छ । सोलार पाए पछि स्थानियलाई धेरै राहत हुने निस्दी - ६ चिदियाका कुलबहादुर नेपालीले बताउनु भयो । वहाँले भन्नू भयो, " छोराछोरी पढ्न तथा साँझको बेला घरको काम गर्न समेत सजिलो भएको छ ।"

त्यस्तै नारीभान्झ्याङका बिसन रानाले सोलार पाए पछि खुशी लागेको बताउदै अब मोबाइल चार्ज गर्न सजिलो हुने बताउनु भयो । त्यस्तै वडा नम्बर ५मा पनि २० घरपरिवारलाई सोलार बितरण गरिएको छ । सोही वडाको बाङ्लाङ थाम,खर्कडाँडा,डुम्रीडाँडा, ढुंगानाबेंसी, गल्धाफाँट, बेलडाँडा, केवरापानी र नामसुर्गागाँउका स्थानियबासीलाई प्रतीघर २० वाट क्षमताको सोलार बितरण गरिएको वडासचिब एकराज अर्यालले मंगोल खबरलाई बताउनुभएको छ ।