नेपालीहरू हिन्दु होइनन्, हिन्दु भनेको सन् १०५० मा भारतबाट भागेर नेपाल छिरेकाहरू हुन् - MONGOL KHABAR

Breaking

नेपालीहरू हिन्दु होइनन्, हिन्दु भनेको सन् १०५० मा भारतबाट भागेर नेपाल छिरेकाहरू हुन्

एउटा लेखमा तपाईंले हिन्दु धर्मभित्रको शैव मत नेपाली हो र वैष्णव मत विदेशी हो भन्नुभएको छ । यसरी ‘माइक्रो लेभल’मै गएर ‘ह्वी एन्ड अदर्स’को सीमा कोर्दा यसले समाजलाई विभाजन र विग्रहमा लैजान्छ, होइन र ?

– अवश्य । सनातन परम्पराभित्र रहेर पनि जसले एक अर्को मतलाई छिछि र दूरदूर गर्छ त्यो नेपाली धार होइन । सनानत परम्पराको मर्म नै धर्म सापेक्षता तर पन्थ निरपेक्षता हो । झोल, काट्नु जस्ता शब्द उच्चारणसमेत गर्न नहुने, टीकाका दर्जनौं आकारप्रकारअनुसार गुट बाँध्ने यस्तो प्रथाले बरु समाजलाई विभाजन र विग्रहमा लैजान्छ । तपाईंले मलाई होइन तिनलाई विग्रहकारी भन्न सक्नुपर्‍यो ।

मगर समुदायमाझ प्रचलित पाङ्दुरे नाच शिवको ताण्डव नृत्यको जरो हो भनेर ‘असंगति’मा दाबी गर्नुभएको छ । यस्तो लेख्दा तपाईंमाथि गैरहिन्दु जनजातिहरूलाई हिन्दुत्वको घानमा हाल्न खोजेको आरोप लाग्दैन ?

– फेरि पनि बुझाइ गलत लाग्छ । शिवलाई नेपालका सबैले पुज्छन् । त्यस यथार्थलाई भारतीयहरूले पनि ग्रहण गरेका हुन् । तर, अब शिवभन्दा हिन्दु जस्तो बुझिन थालेको छ । आफ्नो परिचय गुमाएपछि यस्तै अनर्थकारी व्याख्या हुन्छ । तैपनि एउटा कुरा भनिहालौं, मैले आफूलाई कहिल्यै हिन्दु भनेको छैन । हामी नेपाली हिन्दु होइनौं; शैव हौं । मस्टोपुजक हौं, सनातन हौं । हिन्दु भनेका भारतीय हुन् । विगतमा दर्जनपटक मञ्चमा उभिएर बोल्नुपर्दा पनि मैले संविधान हिन्दु होइन सनानत धर्मसापेक्ष हुनुपर्छ भनेकै छु । खोजिदिनुहोला भिडियो रेकर्ड । राई, मगर, लिम्बू, गुरुङ, थारू सबैलाई समेट्नुपर्छ भनेर आदि धर्मसापेक्ष संविधान भन्ने लेख नै लेखेको छु । यसैले गैरहिन्दुलाई कसरी हिन्दु, कहिले हिन्दु, कहाँबाट हिन्दु घानमा हाल्न खोजेँ मैले ?

त्यसो भए नेपालमा हिन्दुचाहिँ को हुन् ?

– ओमकारभित्र पर्छन् ।(‘असंगति’को सेरोफेरोमा सौरभसँग उनको लेखन, विषयवस्तु र समकालीन सन्दर्भमाथि अन्नपूर्ण पोष्टको लागि दीपक सापकोटाले गरेको कुराकानीबाट केहि अंश साभार)