सिकिमको राजनीतिमा डा.गोपाल गुरुङज्युको सपना पुरा भएको छ - MONGOL KHABAR

Breaking

सिकिमको राजनीतिमा डा.गोपाल गुरुङज्युको सपना पुरा भएको छ

काठमाडौ । डा.गोपाल गुरुङ ज्युले सधै भन्नु हुन्थ्यो मलाई पवनकुमार चामलिङले धेरै ठुलो कुरा दियो त्यो हो धोका । सिकिमको मुख्यमन्त्री नरबहादुर भण्डारीको चरम ज्यादतीबाट मुक्त गराउन डा.गोपाल गुरुङ ज्युले पवन चाम्लिङलाइ पाटीको नाम , मेनिफेस्टो , झण्डा बनाइ सिकिममा नरबहादुर भण्डारीको बैकल्पिक प्रतिस्पर्धामा पवनकुमार चामलिङलाइ नेताको रूपमा खडा गर्नु भयो र नेपाली राजनीतिमा अदेखा सचाइ पुस्तकको माध्यम र डा.गोपाल गुरुङ ज्युको आशिर्वादबाट पवनकुमार चामलिङले अत्यधिक बहुमतबाट सिकिमको मुख्य मन्त्रीमा निर्वाचित भयो ।
जब पवनकुमार चामलिङ मुख्यमन्त्री भयो डा.गोपाल गुरुङ लाई चिन्नै छाड्यो , पवनकुमार चामलिङ ( रअ) को पैसामा बिक्री भै गुणले गुण खान्छ म तलाइ खान्छु भने उखान जसरी डा.गोपाल गुरुङ ज्युलाइ सिध्याउने चाल चाल्दै पवनकुमार चामलिङ डा.गोपाल गुरुङबाट बिरानो भयो ।

बैगुनी पवनकुमार चाम्लिङको बैकल्पिक प्रतिस्पर्धात्मक नेताको रूपमा डा.गोपाल गुरुङ ज्युले PS gole  लाइ सिकिमको नेता खडा गर्नु भो र डा.गोपाल गुरुङज्युको पुस्तक  सिकिमको राजनीतिमा अछुत जनजाति फिरिन्ते किताबको प्रभावबाट पवनकुमार चामलिङ बडारिन पुग्यो ।

तपाइँ हामीले नवनिर्वाचित बिजयी नेता ps gole लाइ बधाई दिनु कन्चुसाइ गर्नु हुदैन र धेरै ठुलो आशा पनि गर्नु हुदैन ।

मंगाेल नेशनल अर्गनाइजेसन ( डा. गोपाल गुरुङ ) संगठन केन्द्रिय प्रचारप्रसार सचीव नासाहाङ थम्बु । जय मंगाेल