काठमाडौ । बैशाख २३, सुमि थामी सहयोग अभियान द्वारा संकलित रकम रु.एक लाख पन्ध्र हजार सात सय आज सुमि थामीलाई हस्तान्तरण गरिएको छ । सुमि थामी अभियानको अभियान्ता मरियम राइ र सन्तोस थान्ती मंगोलले दिन रात नभनी यस कार्यक्रमलाई सफल पार्नुभएको थियो ।
मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ संघीय सभाले आज एक कार्यक्रम गरि उक्त रकम संघीय मुलसचिव नर ब दर्लामी मगर (बर्णबास) सुमि थामीलाइ हस्तान्तरण गरेका थियो । कार्यक्रमको सभा अध्यक्ष दोलखा जिल्ला अध्यक्ष आकाश थामी अतिथिमा संघीय आर्थिक बिभाग प्रमुख आरेन राई संघीय सांकृतीक बिभाग प्रमुख इन्दिरा राई चर्चित कलाकार माया थामी लगाएत अन्य तहका नेताकार्यकर्ता सामेल हुनुभएको थियो ।
सहयोग प्राप्त पछि बोल्दै सुमि थामिले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रदान गर्नुभएको थियो । कार्यक्रम भर Ctv ले live भिडियो प्रसारण गरेको थियो । कार्यक्रम सबैको सहजता को सुकेधारा स्थित रहेको दाफे गेस्ट हाउस एन्ड सेकुवा कर्नरको सभा हलमा भएको थियो । कार्यक्रम संचालन दोलखा सदस्य छितिज थामी मंगोल ले गर्नुभएको थियो ।