नवलपुरको डेढगाउँमा रंगशाला र कबडहल बन्ने - MONGOL KHABAR

Breaking

नवलपुरको डेढगाउँमा रंगशाला र कबडहल बन्ने

जगत ठाडा मगर
नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका वार्डनम्बर २ डेढगाउँमा रंगशाला र कबडहल बन्ने भएको छ ।जिल्ला खेलकुद बिकास समिति नवलपुरको आर्थिक सहयोगबाट बन्न लागेको रंगशाला र कबडहलको जिल्ला खेलकुद बिकास समिति नवलपुर का अध्यक्ष बिकास कुमार केसीले एक कार्यक्रमका साथ हिजो शिलान्यास गर्नुभएको छ ।
बौदीकाली गाउँपालिका वार्डनम्बर-२ डेढगाउँका वडाध्यक्ष बाल प्रसाद ठाडा मगरको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष बिकास कुमार श्रेष्ठले खेलकुदको बिकासबाट राष्ट्रको बिकासमा सहयोग पुग्ने हुदा नवलपुरको पहाडी क्षेत्र डेढगाउँमा खेलकुदको बिकासमा आफू लागि परेकाले यसमा सघाउन सबैलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा बौदीकालीका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ,डेढगाउँ माध्यमिक बिधालय ब्यबस्थापन समिति अध्यक्ष चोपिराम राना, प्रधानाध्यापक राम बहादुर श्रेष्ठ, युवा ब्यबसायी बिष्णु खत्री, कबड हल निर्माण उपभोक्ता समिति अध्यक्ष राजेन्द्र ओझाले बोल्दै डेढगाउँमा बन्न लागेको रंगशाला र कवड हल बौदीकालीकै गहना भएकोले यसको बिस्तार र बिकासमा सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

बौदीकाली गाउँपालिका (२ डेढगाउँको पश्चिमथर खोत्रोकमा कवड हल र खर्सानटार खेलमैदानमा रंगशाला बन्नका लागि १०/१० लाख गरि जम्मा २० लाख रुपैयाँ बिनियोजन भै निर्माण कार्य सुरु भएको रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

डेढगाउँमा रंगशाला र कवड हल बन्ने भएपछि खेलकुदमा रुचि राख्ने स्थानीय बासिन्दा र युवामा हर्ष र उत्साहित बनेको छन् ।