प्रवास सभा कतारमा मुलबासी मंगोल जागरण कार्यक्रम हुने, सांस्कृतिक सभा प्रमुख इन्दिरा राई कतार आउदैं - MONGOL KHABAR

Breaking

प्रवास सभा कतारमा मुलबासी मंगोल जागरण कार्यक्रम हुने, सांस्कृतिक सभा प्रमुख इन्दिरा राई कतार आउदैं

दोहा । जेष्ठ, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रवास सभा कतारको आयोजनामा कतारको राजधानी दोहामा एक दिने मुलबासी मंगोल जागरण कार्यक्रम हुने भएको छ ।
सोहि कार्यक्रममा सहभागी हुन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघीय सभा काठमाडौ नेपालबाट सांस्कृतिक बिभागका प्रमुख इन्दिरा राई प्रमुख अतिथिको लागि कतार आउने भएको छ । कार्यक्रममा कतारमा रहेका नेपालीहरुको लागि मंगोलबाद, मंगोल दर्शन बारे प्रशिक्षण समेत दिइने मुलबासी मंगोल अभियान्त राजकुमार राईले कतारबाट मंगोल खबरलाई जानकारी दिनुभएको छ ।

प्रवास सभा कतारले उक्त कार्यक्रममा मुलबासी मंगोल दाजुभाई र दिदिबहिनीहरुलाई सहभागी भैइ आफ्नो अस्तित्व र मंगोल राष्ट्रबाद र मंगोल दर्शनलाई बुझ्न समेत आह्वान गरेको छ ।

सम्पर्क को लागी प्रवास सभा कतारका अध्यक्ष रमेश थिङ तामाङ 974-70765817 र मंगोल नेता राजकुमार चाम्लिङलाई निम्न  974-50091453 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।