गोरु काट्ने चार जना काठमाडौको बौद्धबाट पक्राउ - MONGOL KHABAR

Breaking

गोरु काट्ने चार जना काठमाडौको बौद्धबाट पक्राउ

काठमाडौ । गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धबाट चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्तीका क्रममा तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका चार जना आइतबार बिहान साढे २ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजन रहेको र उनीहरुलाई मासु भाग लगाइरहेका बेला रंगेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् । उनीहरुलई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर घटनाबारे आवश्यक छलफल भइरहेको र नियम अनुसार कारवाही हुने उनले बताएका छन् ।