MNO मा खस आर्य स्विकारे पछि, झण्डा र चुनाव चिन्ह भालेले मुलबासीको हितको लागि केही गर्दैन - MONGOL KHABAR

Breaking

MNO मा खस आर्य स्विकारे पछि, झण्डा र चुनाव चिन्ह भालेले मुलबासीको हितको लागि केही गर्दैन

बैशाख । झण्डा र भालेले मात्र अस्तित्व प्राप्ति हुनै सक्दैन ।
अस्तित्व प्राप्ति हुन लाई त सिद्धान्तमा अडिग हुनुपर्छ । उता BLM (बुद्धलाल मेचे) ले MNO को अस्तित्व बिहिन उहाँको चल्लाहरुलाई BLM ज्यु ले चारो दि राखेको पाइन्छ ।
80 प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको कुरा गरेर हुने वाला केहि पनि छैन । यदि भएमा BLm र उहाँको केही चल्लाहरु लाई मात्र हुनेछ । यो त सरासर आफै यानिकी ब्यक्ति मात्र पद पैसा र सांसद भबनमा भित्रीने खेल हो । तर झण्डा र भाले बचाउ अभियान हैन । अस्तित्व बचाउ अभियानमा लागौं अनि मात्र नेपालका 80 प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको मुक्त को मुल सुत्र हुनेछ ।


मंगोल नेशनल अर्गनाइजेशनका नेताहरुले गद्दार गरेको  सबै भन्दा ठुलो प्रमाण फेला पारेको छ । यो निर्वाचन आयोग नेपाल मा गएर यो पुस्तक खोजी खोजी किनेर पढ्नु होला । mno को नेतृत्वकर्ताले आर्यलाइ साधरण सदस्य नदि मुलबासी मंगोलहरुको नेता बनाएको त्यो पनि सांसद भबनमा भित्रीने नेता हो । मुलबासी मंगोलको नेता खस आर्य भएसी उ मेजर-5 मा पनि पुग्न सक्छ । त्यो समयमा mno ले उठाएको यथार्थ कुराहरु को केही अर्थ नै हुदैन । र mno ले उठाएको मुद्दा र डा.गोपाल गुरुङ ज्यु को मार्गदर्शन को केही मुल्यांकन नै हुँदैन । यो कुरा तितो सत्य प्रमाण छ ।

उता खस आर्यको कोटामा मगर समुदायलाई राखिएको समेत निर्वाचन आयोगमा पाइएको छ ।  यथार्थ बुझ्नुस । अध्यन अनुसन्धान खोज सन्देश गर्नुस् । अनि आउनुस एकता भएर अधि बढौं ।

(१) प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४
निर्वाचन परिणाम पुस्तक

पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली  ।।।

(२)  प्रदेश सभा सदस्य निर्वाचन २०७४,
निर्वाचन परिणाम पुस्तक

पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली

थमनबहादुर बुढा मगर, रिन्चेन दोर्जे तामाङले कति मिठो संगले बोलेको भाषामा उत्तिकै दम भएको मुलबासी मंगोलहरु लाई मख्ख पारेको छ ।  तर उहीँ काङ्ग्रेस र एमालेले भासण गरे झैं मुखैले राम राम बगौलिमा छुरा भनेको उहाँ हो ।


मंगोल नेशनल अर्गनाइजेशनमा झण्डा र भाले छ । तर गोपाल गुरुङको सिद्धान्त र अस्तित्व छैन । किनकि माथीका हरफमा प्रष्ट गरिदिएको छु । झण्डा र भालेले मुक्ति हुदैन । अस्तित्व प्राप्ति हुदैन । तर पहिचान झल्काउने झण्डा बोक्दैमा सिद्धान्त हुने भए कम्युनिस्टको सिद्धान्त कहाँबाट कहाँ पुगेको छ । काङ्ग्रेसको सिद्धान्त कहाँ पुगेको छ यस्तै विभिन्न राजनीतिको सिद्धान्त एउटै भए पनि पहिचान फरक छ ।

सिद्धान्त हराएको होइन बिचार हराएको हो । अझै पनि मिलेर जानुको बिकल्प छैन तर मुख्य नेताहरु नमिलेको विषयमा आपसी मेलमिलाप समजदारी गरेर अघि बढेमा बिशाल मंगोल मुलबासी राष्ट्रबाद निर्माण हुन्छ । बिश्व राजनीति र नेपालको राजनीतिको हरेक कालखण्डलाई फर्किएर अध्यन अनुसन्धान खोज सन्देश गर्दा ती पार्टी संगठनहरुको पुग्ने लक्ष्य एउटै भए पनि मुद्दा र सिद्धान्त र बिचार नमिलेकै कारण बिभाजन भएको पाएको छ ।

त्यसैले आफ्नै ब्यक्तिगत बिचारलाई त्यागेर डा.गोपाल गुरुङले उठाउनु भएको मुद्दामा अडिग रहेर तपाई हामी 80 प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको निम्ति अस्तित्व बचाउ अभियान राजनीति गर्ने हो भने आउनुस सम्पुर्ण अहिन्दु मुलबासी मंगोलहरुलाई स्वागत गर्दछ । मंगोल  नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मात्र नेपालका मुलबासीहरुको अस्तित्व र भुमिको रक्षा गर्दछ ।