रुपन्देही । जेष्ठ १७ शुक्रवार , मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन जिल्ला सभा रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा संघीय सभाका अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राईले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा संघीय सभाका प्रबक्ता तुलवीर दर्लामी मगरले मन्तब्य राख्दै एकाइशौं सताब्दीमा मुलबासी मंगोलहरुलाई जनाईधारीले अनेकौं जालझेल गरि बनाएको बाहुन नितिले आज सम्म पनि हामी मंगोलहरु पशु तुल्य जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै, अब मुलबासी मंगोलहरु सुतेर होइन उठेर, जुटेर अगाडि बढ्नु पर्ने र छिट्टै मंगोल मुक्ती र मंगोल अस्तित्व रक्षाको लागि बैचारिक क्रान्तीको लडाईमा जानू पर्ने र सबैलाई साथ र सहयोगको आह्वान समेत गर्नु भएको थियो ।
कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर चारको मगर संघ भवनमा रुपन्देही जिल्ला सभाका संयोजक भिम मंगोलको सभापतित्वमा र nsgjtabh मंगोलको संचालनमा सम्पन्न भएको थियो ।
