सोही क्रममा अर्गनाइजेशनका संचार बिभाग प्रमुख जीवन मंगोल र दोलखा जिल्ला सभाका अध्यक्ष आकाश थामीलाई हिजो प्रहरीले जबर्जस्ती हिरासतमा राखेको थियो ।
तर मंगोल नेशनल अर्गनाइजेशन-गोपाल गुरुङका मुलसचिब र आर्थिक बिभाग प्रमुख आरेन राईको साथमा पीडितहरुको बिहानै देखिको चर्को दबाब पछि आज अपरान्हमा वहाँहरु दुबै जनालाई बिना शर्त रिहाई गरेको संगठनका मुलसचिब बर्णबास दर्मालीले मंगोल खबरलाई टेलीफोनबाट जानकारी गराउनु भएको छ ।