MNO मा जिल्ला, प्रदेश र केन्द्रमा एक दिन बाहुन क्षेत्री नै अध्यक्ष हुन्छन - MONGOL KHABAR

Breaking

MNO मा जिल्ला, प्रदेश र केन्द्रमा एक दिन बाहुन क्षेत्री नै अध्यक्ष हुन्छन

काठमाडौ । बैशाख २४, नेशनल अर्गनाइजेशन-डा.गोपालका शक्तिशाली युबा नेता बर्णबासले एक दिन मंगोल नेशनल अर्गनाइजेशनको  जिल्ला, प्रदेस र केन्द्र कै अध्यक्ष प्रेसिडेन्ट बाहुनक्षेत्री हुन सक्ने टिप्पणी गरेका छन ।
डा.गोपाल गुरुङले मंगोलहरुको हकहितको लागी लड्न खोलिएको संगठनमा जनजाति आदिवासी स्विकार गरेर संगठनमा वाहुनक्षेत्रीलाई समाबेश गरेर अपबित्र पारेको समेत आरोप लगाउनु भएको छ ।

साथै उहाले डा.गोपाल गुरुङको सहि दर्शन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले पछ्याएको हुदा बाहुनक्षेत्री समाबेश नगरिने जनजाति आदिवासी नस्विकार्ने सम्म प्रतिबद्ध गर्नु भएको छ । त्यसैले खस आर्य रहित संगठनमा समाबेस हुन सम्पुर्ण ८०% अहिन्दु मुलबासी मंगोलहरुलाई अनुरोध सम्म गर्नुभएको छ ।

सोमबार राजधानीमा सुमि थामी सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रमना शक्तिशाली नेता तथा संगठनका मुलसचिव बर्णबास दर्लामीले आफ्नो मन्तव्य राख्ने क्रममा यस्तो टिप्पणी गर्नुभएको हो ।

सुमि थामी सहयोग अभियानद्वारा संकलित रकम रु.११५,७००/-( लाख पन्ध्र हजार सात सय ) रुपियाँ संगठनको तर्फबाट सुमि थामीलाई वहाँको हातबाट हस्तान्तरण समेत गरेका थिए ।