मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले एकै दिन चार जिल्लामा मंगोलवाद प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले एकै दिन चार जिल्लामा मंगोलवाद प्रशिक्षण सम्पन्न

धरान । जेष्ठ १८ शनिबार, ८०% अहिन्दुहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले देशै भरी प्रशिक्षणको साथै आफ्नो संगठन बिस्तार गरेको छ ।
हिजो संगठनले दाङ, रुपन्देही, चितवन र सुनसरीको धरानमा एकै पटक प्रशिक्षण र संगठन बिस्तारको कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरी जिल्ला सभा इटहरी नगर सभाको आयोजनामा इटहरी नगर सभा वडा नम्बर पाँच जनता बस्तीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । धरानमा भएको कार्यक्रममा संघिय सभाका कोषाध्यक्ष दिनेश बान्तवा ए सुनसरी जिल्ला सभा अध्यक्ष काजिराम राईले प्रशिक्षण दिनुभएको थियो ।
त्यसै गरि हिजो चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ चिसोपानी गौरिटारमा भएको प्रशिक्षणमा संघिय सभा सदस्य पुर्खाराम प्रजाले प्रशिक्षण दिनुभएको थियो ।
उता पाँच नम्बर प्रदेशको राजधानी बुटवलमा भएको प्रशिक्षण कार्यक्रममा संघिय सभाका अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राईले बुटवलको चौरङ्गेमा प्रशिक्षण दिनु भएको थियो । 
त्यसै गरि पाँच नम्बर प्रदेश दाङ जिल्ला सभाले आयोजना गरेको प्रशिक्षण र सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथी तथा संघिय सभाका मुलसचिब नरबहादुर दर्लामी मगर र विशेष अतिथी संघिय सभाका सचिब लोक तामाङले प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा जिल्ला सभाका नेताकार्यकर्ता र स्थानीय मुलबासी मंगोलहरुको सहभागीता रहेको थियो ।