सुनसरीको धरान वडा नम्बर १७ मा नारी सभा गठन - MONGOL KHABAR

Breaking

सुनसरीको धरान वडा नम्बर १७ मा नारी सभा गठन

सुनसरी । जेष्ठ २८ मंगलबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा सुनसरीको १७ वडा सभाको आयोजनामा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १७ मा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संघिय नारी सभा सदस्य अमृता राईको पहलमा भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रम पश्चात् धरान वडा नम्बर १७ नारी सभा गठन भएको छ । १७ नम्बर वडा नारी सभा संगिता मोक्तानको संयोजकमा ११ सदस्यीय नारी सभा गठन भएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक संघीय सभा सदस्य नरेन्द्र थुलुङले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम धरान १७ रेलवईमा सुनसरी जिल्ला सभाका अध्यक्ष काजीराम राईको सभाअध्यक्षमा भएको थियो ।