नवलपरासी, २९ जेठ बुधबार, नवलपरासीमा बुधबार चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अनुसार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ वेतहानीमा आज दिउँसो २ बजेतिर परेको चट्याङ्गले ५५ बर्षीय झिन्कु लोनियाको मृत्यु भएको हो ।
चट्याङ्ग लागी गम्भीर घाइते लोनियाको उपचारका लागि बर्दघाटको चौपत्ताको सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याउदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
