मंगोलभुमिमा जुन दिन स्वतन्त्रताको आवाज गुन्जिनेछ - MONGOL KHABAR

Breaking

मंगोलभुमिमा जुन दिन स्वतन्त्रताको आवाज गुन्जिनेछ

काठमाडौ  । "उद्देश्यहिन जीवन मृत्यु हो, मृत्युु कुनै उद्देश्य होइन ।"पृथ्वीमा पानी जम्छ, तिर्खा जम्दैन । बच्पनमा पड्दाको एउटा चलाख कागको कथा याद आउँछ । कागलाई प्यास लागेको हुन्छ, जताततै हाहाकार हुन्छ । पानी खोज्दै काग भौतारिन्छ । खोलामा जान्छ । खोला पनि सुकेको हुन्छ । कुवामा जान्छ कुवा पनि सुकेको हुन्छ । रुखको टोड्कातिर कतै जमेको छकी भनी खोज्छ कतै पानी भेट्दैन तथापि कागको प्रयास जारी नै रहन्छ । कदापि निराश हुँदैन किनकी कागलाई प्यास लागेको छ ।
अन्त्यमा कागले झुपडिमा एक घैटो देख्छ । कागलाई डर पनि छ । कतै मालिक देख्यो भने मेरो हालत के हुन्छ । डर के पिछे जित छ भनेझै काग उडेर घैटोको मुखमा बस्न पुग्छ । घैटोमा चिहाउछ पानी पिधमा मात्रै छ । कागले सोच्छ कि पानी त भेटियो तर पिधमा छ । घैटोमा छिर्यो आफ्नै काल । कसरी निस्किने घैटोबाट ? अर्को त्रास घैटोमा छिरेको बेला मालिक आयो भनेपनी खैरात छैन । के गर्ने प्यास जसरि मेटाउनु छ । कागले जुक्ती लगाउछ घैटोमा ढुंगा  खसायो भने पिधको पानी पक्कै माथी आउँछ । त्यसपछि कागले ढुंगा ओसार्दै घैटोमा खसाउछ । नभन्दै पिधको पानी माथी आउँछ र कागले आफ्नो प्यास बडो संघर्षले मेटाउछ । पानी जम्छ प्यास कहिले जम्दैन ।

हामी मूलबासी मंगोलहरु काग झै प्यासी बन्नु पर्छ । प्यासी छौ । फेरि त्यस्तो प्यासी छौ, जुन प्यास ५ सय वर्षदेखि लागेको छ । दासत्वबाट मुक्त मानव बन्न, अन्यायको सागरदेखि न्यायको महासागरमा दुब्न चाहन्छौ । स्वतन्त्रताको प्यासी छौ, हामीलाई थाहा छ । हामी काग झै प्यासी बन्न सकेनौ । प्यास मेटाउने सोच बनायौ अपितु घैटोको पिधमा रहेको पानीलाई जसरी कागले घैटोको मुखमा निकालेर प्यास मेटाउन सफल भयो त्यसो नगरी घैटोभित्र छिर्न बल गर्दा उद्देश्यहिन जीवनमा परिणत भयो । सदियौ देखिको प्यास मेटाउने प्रयास गर्दा गर्दै पानी हाम्रो मृत्युको कारण बन्यो । शत्रुको जालमा पर्यो । किनकी प्यास मेटाउने बहानामा हामिले जुक्ती लगाउन सकेनौ ।

हो, आज बहुसंख्यक मूलबासी मंगोल प्यासी भएर पनि प्यास मेटाउन नजान्ने बनेर महारोगी बनेका छन । मालिक भइकन दास झै जीवन ब्यतित गरेको छ। प्यास मेटाउने बहानामा बिष पिए । अधिकार खोज्ने बहानामा आफै दास भए । स्वतन्त्रताको भोको भएर पनि स्वतन्त्रताको गित गाउँन डराउने अल्छी, कायर बनिदिए । हेर्नुस त घाम उदायो । जुन उदायो । तर तर हाम्रो जीवनमा कहिल्यै न्याय उदाउन सकेन । हाम्रै कारणले पनि हो । महशुस गर कि  उदेश्यहिन जीवन मृत्यु हो, मृत्यु कुनै उद्देश्य होइन । यो प्रकृतिको नियम हो । हामीले लक्ष्य, समस्या र संघर्षबाट पछि हट्नु हुँदैन । महान लक्ष्यहरु, महान समस्याहरु र महानसंघर्षहरुले नै मानिसहरु महान बन्छन ।

यहाँ यस्तो रोगी बनेका छौ । जुन बाहुनबाद/हिन्दुवादको injection ले लठ्ठीएका छौ ।  medical science ले आविष्कार गरेको injection ले प्रत्यक्ष घोचेको देख्छौ जसले रोग नस्ट गर्दछ । तथाकथित ऋषिमुनिले आविष्कार गरेको injection देखिन्दैन परन्तु रोगी बनाइ रहन्छ । यति बिषालु छ, एकजनालाई  लगाउदा आगामी पुस्तौलाई रोगी बनाउछ । जुन बिषालु injection ले समाजलाई घोची रहन्छ । जसले मूलबासी मंगोलहरु अपांग बनिरहेका छन ।

सुर्यको किरणले पोल्छ त्यो छनिक हो । हिन्दुवादको बिकरण यति भयानक छ । दिनरात पोल्छ । शितलता खोज्दा खोज्दै भौतारिए जिन्दगी गुजार्नु पर्ने । तड्पिएर मरि मरि जाग्नुपर्ने । हाम्रो समाज मरुभूमि जस्तै छ । हाम्रो अधिकारको आवाजहरु अहिले थोरै mg को injection काफी छ । कारण हामी निर्धो छौ । हामी अचेतन छौ । हामी गरिब छौ । हामी राज्यहिन छौ । हामी शुकुम्बासी छौ । हामी न्यायहिन छौ । हामी उदेश्यहिन छौ । हाम्रो जिन्दगी दास जिन्दगी हो । हाम्रो जिन्दगी बन्जर हो । हाम्रो जिन्दगी बाझो छ यधपी त्यो क्रम चलिरहेको छ । यो कसरी बन्यो । यो त त्यही बैरीले बनाएका हुन । जसले हिन्दुबाद/बाहुनबाद बनाए । प्यासि कसले बनायो यिनैले बनाए । रोगि यिनैले बनाए । पागल यिनैले बनाए । अब प्यास जसरी पनि मेट्नु छ । अस्तित्व खोज्नु छ । मंगोल प्राण धान्नु छ । स्वतन्त्रता गित गाउँनु छ ।

अब चोमोलोङ्माको शिखरबाट स्वतन्त्रताको आवाज गुन्जनेछन । छिरिमो, अनि फक्ताक्लुङहरुबाट स्वतन्त्रताको आवाज घन्किनेछन । धौलागिरी देखि स्वतन्त्रता र अस्तित्वको आवाजहरु गुन्जनेछन । अपि सैपालबाट पनि । तराईको फाटबाट स्वतन्त्रता मुक्तिको आवाज गुन्जिनेछन । पहाडको अक्करे भिरबाट पनि स्वतन्त्रता मुक्तिको आवाज गुन्जिनेछन । एक दिन मंगोल उठ्दा चोमोलुङ्मा झुक्नेछ । एक दिन लुम्बिनीले पनिमा पनि नयाँ बुद्ध पाउने छ । जुनदिन समानताको धुन बज्छ । जुन दिन स्वतन्त्रताको गित बज्छ । जुन दिन भातृत्वको एउटै टेबल बन्छ । पारुहाङ सुन्मिमाहरु पनि मुस्कुराउनेछन, हाम्रो पिता पुर्खाहरुको आत्माहरु हास्न थाल्ने थाक्नेछन ।
Repost

जीवन मंगोल
संघिय सदस्य
एमएनओ-डा.गोपाल गुरुङ