भारतीय एक नेताले नेपालीलाई सस्तो चौकीदार भनेपछि भारतीय सेनामा कार्यरत अमित कुमार राईले दिए भारतीय नेतालाई चेतावनी - MONGOL KHABAR

Breaking

भारतीय एक नेताले नेपालीलाई सस्तो चौकीदार भनेपछि भारतीय सेनामा कार्यरत अमित कुमार राईले दिए भारतीय नेतालाई चेतावनी

काठमाडौँ । नेपालीलाई सस्तो चौकीदार भन्ने एक भारतीय नेतालाई भारतीय सेनामा कार्यरत नेपाली युवकले कडा चेतावनी दिएका छन ।
हार्दिक पटेल नाम गरेका एक नेताले मिडियासंग बोल्ने क्रममा नेपालको अपमान हुने गरी अभिव्यक्ति दिएपछि भारतीय सेनामा कार्यरत अमित कुमार राईले एक भिडियो बनाएर चेतावनी दिएका हुन ।

राईले उनलाई भनेका छन् – राम्रो भयो मेरो छेउमा त्यसो भनेनौ, यदि मेरो छेउ त्यसो भनेको भए म राम्रो जवाफ दिने थिए । गोर्खालीहरुले आफ्नो ज्यानको बाजी लगाएर सैयौ वर्ष अघि देखि भारतको सिमा सुरक्षा गरिरहेका छन् । उनीहरुलाई कम्जोर र सस्तो सम्झिनु गलत हो ।

ति नेताले त्यस्तो अभिव्यक्ति दिएपछि अर्काको देशको लागी ज्यान बलिदान दिने गोर्खालीलाई अपमान हैन सम्मान गर्नु पर्ने भन्दै भारतीय मिडियाले स्मरण गराएको थियो ।