नेपाली राजनीतिक इतिहासमा पहिलो लोकतन्त्रबादी, धर्मनिरपेक्षताबादी र प्रान्तीयबादी नेता नै युग पुरुष अमर डा.गोपाल गुरुङ हुन - MONGOL KHABAR

Breaking

नेपाली राजनीतिक इतिहासमा पहिलो लोकतन्त्रबादी, धर्मनिरपेक्षताबादी र प्रान्तीयबादी नेता नै युग पुरुष अमर डा.गोपाल गुरुङ हुन

जगत ठाडा मंगोल
नवलपुर । नेपाली राजनीतिक इतिहासमा पहिलो लोकतन्त्रबादी, धर्मनिरपेक्षताबादी र प्रान्तीयबादी नेता नै युग पुरुष अमर डा.गोपाल गुरुङ हुन । नेपालको लोकतन्त्रबादी, धर्मनिरपेक्षताबादी र प्रान्तीयताबादी नेता युग पुरुष डा.गोपाल गुरुङ नेपालको राजनीतिक  इतिहासमा १०४ बर्षे जहानिय राणा शासनलाई अन्त्य गरि प्रजातन्त्र ( रैतितन्त्र ) को नाममा उहीँ बेला भारतिय शासक अकबरको खेदाइमा सन, १५५९ मा राणाहरुले भरियाकरिया बनाएर ल्याएको शाही बंशको हातमा २००७ सुम्पेको थियो ।
२००७ सालको परिवर्तनलाई लात हानेर २०१७ सालमा जसरी महेन्द्र शाहले पन्चायती ब्यबस्था (निर्दलिय ब्यबस्था ) लाडदै फेरि जहानिय शाही शासनको सुरुवात उत्कर्समा पुर्याएको थियो । त्यो ब्यबस्थाले नेपालको ८०% अहिन्दु मुलबासी मंगोलको सम्पूर्ण मानबिय नैसर्गिक अधिकार स्वतन्त्रता पनि गुमेको थियो ।

महेन्द्र शाहले २०१९ सालमा हिन्दुराष्ट्र घोषण गरेर नेपालको ८०% अहिन्दु मुलबासी मंगोललाई हिन्दुराष्ट्र भित्रको शरणार्थी बनाउने काम निर्लाज्जा पुर्बक गर्यो । पछि २०२१ सालमा भुमि सुधार ऐन लागू गरिसके पछि झनै कयौ मुलबासी मंगोलको भुमिहरु भुमी सुधारको नाममा लुट्यो ।

जसमा नेपालको करिब ६०% उब्जाउ भुमी शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्रीको नाममा गरायो । बाकी ७% उब्जाउ भुमी मात्रै मुलबासी मंगोलको हातमा रह्यो । ३०% भुभाग नदिनाला, बन जंगल र ३% भुभाग हिउँ अथवा हिमालले ओगटेको छ, भन्ने कुरा त सबैलाई अबगत भाकै कुरा हो ।

यसरी मुलबासी मंगोल समुदायलाई आफ्नै उत्पत्ति भुमिमा शोषक ब्यापरी शरणार्थी बाहुनक्षेत्रीले शोषणलाई ब्यापार बनाई मुलबासी मंगोललाई पशु तुल्य व्यबहार गरेको देखिसके पछि डाक्टर गोपाल गुरुङज्युले राजतन्त्र र हिन्दुराष्ट्रको विकल्पमा सोही बेला राजा महेन्द्रलाई २०% हिन्दुको मात्रै राजा भएर नबस्न आग्रह गर्दै नेपाललाई लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयता ( प्रान्त तामसालिङ,मगरात,लिम्बुवान ,खम्बुवान भनेर होइन नदिनाला खोला,पहाड पर्बत हिमालको नामबाट ) लाई संस्थागत गरि आफू आजिबन राष्ट्रपति भएर बस्न ऐतिहासिक आग्रह र सुझाव दिनु भएको थियो ।

सर्बहित जनताको कदमलाई ब्यवास्ता गरि राजा महेन्द्रले  आफ्नो गद्दी नत्यागे पछि युग पुरुष डाक्टर गोपाल गुरुङ ज्युले त्यो बेलाको पन्चायती राजतन्त्र र हिन्दुराष्ट्रको मात्रै देश ) को विरुद्ध विभिन्न पत्रपत्रिका र आफनो छापाखाना न्युलाइट,थन्दरबोल्ट जस्ता छापाखाना मार्फत लेखहरु लेख्दै र विभिन्न सङ्घसस्थाको सभा सम्मेलनमा भाषण गर्दै बहुदल संगै लोकतन्त्र धर्मनिरपेक्षता र प्रान्तीयताको लागि जोडदार अवाज उठाउन थाल्नु भयो ।

सन,१०८५ (२०४२ साल ) तिर भुमिगत रूपमा "नेपाली राजनीतिमा अदेखा सच्चाइ" किताब लेखेर जनतामा भुमिगत रुपमै बाडेको थियो । त्यही पुस्तकको अर्को दोस्रो सस्करणलाई सन, १९८८ ( २०४५ साल ) तिर अङ्ग्रेजी भाषामा "Hidden Facts in nepalese politics"पुस्तक संसार भर बेच्न थालिसकेपछि राजा बिरेन्द्र शाहले युग पुरुष डाक्टर गोपाल गुरुङको अवाज दबाउन नसके पछि वहाँको अवाज दबाउन "राजगद्दी ताक्यो र साम्प्रदायिक फैलायो" भन्ने मिथ्या आरोप लाएर १९८८ अगस्ट १५ ( २०४५/४/३० ) मा वहाँलाई  भद्रगोल जेलमा थुनियो । जेलको चिसो भुइमा ७ फीट लम्बाइ डेड फीट चौडाइमा वहाँलाई  कोच्यायो ।

नभन्दै २०४६ सालमा नाम मात्रको भए पनि बहुदल आयो तर उहाँको प्रमुख मुद्दा लोकतन्त्र धर्मनिरपेक्षता र प्रान्तीयता राज्यब्यबस्था त्यतिबेलाको राजा बिरेन्द्र शाहले बेवास्था गरियो । जेलभित्रैबाट लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयता सस्थागत संगै मंगोल अस्तित्वको प्राप्तिको महान उदेश्य, एजेन्डासहित भद्रगोल जेल भित्रैबाट सन, १९८९ जनवरी १ मा मंगोल नेशनल अर्गनाइजेशन संगठनलाई भद्रगोल जेलभित्रै स्थापना गरि युग पुरुष डाक्टर गोपाल गुरुङ ज्यु सन १९९० मा अन्टरराष्ट्रीयको चर्को दभाब पछि जेलमुक्त हुनुभयो ।

फेरि पनि त्यो बहुदललाई ज्ञानेन्द्र शाहले २०५१ सालमा लात हानेर जहानिय शाही शासन सुरुवात गरे । झन सशक्त भएर डाक्टर गोपाल गुरुङ ज्युले राजतन्त्र र हिन्दुराष्ट्र विरुद्ध अवाज उठाउनु भयो । नभन्दै बढदो जनचेतना र सर्बब्यापी राजतन्त्र विरुद्धको अवाजले १६१६ भदौ २५ गते देखी द्रव्य शाहले सुरुवात गरेको जहानिय शाही शासन २०६१ सालमा आएर अन्त्य भयो ।

राजतन्त्रको अन्त्य भएपछि पहिलो संविधानसभाको निर्बाचनले संविधान लेख्न नसकेपछि दोस्रोपटकको संविधानसभाको निर्बाचनले २०७२ असोज ३ गतेको दिन लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयतालाई प्रस्ताभाबनामै लेखेर लोकतान्त्रिक संविधान जारी भएको थियो । तर त्यो संबिधानले नेपालका मुलबासी मंगोलको हकअधिकार सुनिश्चित गरिएन । र नेपालका मुलबासी मंगोलको अस्तित्व, गुमेको भुमिको रक्षा र सदासदाको लागि मंगोल मुक्तिको लागि मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले संविधान जारी भएको मिति २०७२ असोज ३ लाई कालो दिनको रुपमा मनाउदै नेपालको मुलबासी मंगोल मुक्तीको लागि संबिधानलाई संशोधन होइन पुनर्लेखनको माग गर्दै विभिन्न कार्यक्रमको बिच संगठनले बैचारिक लडाइँ गर्दै आफ्नो संगठन बिस्तार गर्दै आएका छन ।

नेपालको पहिलो अनिईश्वरबादी नेता युग पुरुष डाक्टर गोपाल गुरुङले भन्नुहुन्थ्यो म बुद्धलाई अगाध श्रदा गर्छु किनकी बुद्ध अनिईश्वरबादी थिए । बुद्धले स्वर्ग र नर्क मान्दैनथ्यो । नत अघिल्लो जन्मको नत पुनर्जन्मको नै । बुद्ध यसको बिरोधि थियो । म त उभो हेर्दा आकाश देख्छु उधो हेर्दा धर्ति । त्यसकारण यस धर्तिमा जन्मिएको मानव, मानव भएर बाचेको देख्न चाहन्छु । मेरो लडाइँ कुनै धार्मिक लडाइँ होइन मानबिय धर्मको लडाइँ हो ।

अझ अर्को बलियो प्रमाण के छ, भने उहाको अन्त्यस्टिमा उहाँकै निर्देशन अनुसार कुनै धार्मिक बिधिबाट नभै प्राकृतिक बिधिबाट नै अन्त्यस्टी गरिएको थियो ।

युग पुरुष डाक्टर गोपाल गुरुङ अमर रहुन ।
तपाईंको यो त्याग, बलिदान र महानदेनलाई  सदासदा सम्मान र श्रद्धा सुमन ।