मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ मंगोल युबा सभा प्रदेश ३ मा मन्दिरा मोक्तान चयन - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ मंगोल युबा सभा प्रदेश ३ मा मन्दिरा मोक्तान चयन

काठमान्डू । जेष्ठ २७, सोमबार मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघिय मंगोल युबा सभाले  प्रदेश नम्बर ३ का प्रदेश प्रमुखको लागि मकवानपुरका मन्दिरा मोक्तानलाई नियुक्त गरेको छ ।
नेतृ मोक्तान बिगत देखि नै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको महान मंगोलवाद दर्शन अभियानमा निर्भरता, निडर, साहसी र इमानदारीका साथ सक्रिय रुपमा अभियान्तको रुपमा काम गर्दै आउनुभएको थियो ।

मोक्तानलाई संघिय सभाका सदस्य तथा भातृसंगठन मंगोल युबा सभाका संयोजक अमित याक्खा राईले हिजो धरानमा एक कार्यक्रम गरि प्रदेश ३ को मंगोल युबा सभा संयोजकमा नियुक्त गर्नुभएको हो । साथै मोक्तानलाई संघिय सभा, प्रदेश सभा, जिल्ला सभा, प्रबास सभा, नगरसभा र ब्यक्तिगत रुपमा बधाई तथा शुभकामना दिने कार्य जारी रहेको छ ।