जिल्ला सभा सुनसरीको आयोजनामा धरान उपमहानगरपालिका वडा नम्बर ११ मा एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

जिल्ला सभा सुनसरीको आयोजनामा धरान उपमहानगरपालिका वडा नम्बर ११ मा एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

सुनसरी । असार १४ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा सुनसरीको आयोजनामा धरान  उपमहानगरपालिका वडा नम्बर ११ मा एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षक संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर एकका संयोजक शक्ति चाम्लिङ राईले मंगोलवाद बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्थानिय मुलबासीको उल्लेख सहभागी रहेको थियो ।
उक्त कार्यक्रममा संगठनका संघीय सदस्य नरबहादुर राई,सुनसरी जिल्ला सभाका अध्यक्ष कजिराम राई, सुनसरी जिल्ला नारी सभाका अध्यक्ष अमृता राई, नगर अध्यक्ष लोकबहादुर राई र नारी नगर सभाका अध्यक्ष धर्म शिला राई लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम धरानउपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष  जीवन गुरुङको अध्यक्षतामा हिमालय टोलको खुल्ला मैदानमा स्मृता लिम्बुको संन्चालनमा सम्पन्न भएको थियो ।