नवलपुर । संघीय सरकारले गत जेठ १५ गते आगामी आर्थिक बर्ष २०७६ /०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्याे । आठ वटा स्थानीय तह रहेको नवलपुरमा निम्न अनुसार बजेट बिनियोजन गरिएको छ ।
चार वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको नवलपुरमा सबै भन्दा धेरै कावासोती नगरपालिकाको लागि ४३ करोड ३५ लाख बजेट विनियोजन भएको छ, भने सबै भन्दा कम देवचुली नगरपालिकालाई ३३ करोड ६० लाख बजेट बिनियोजन भएको छ ।
उता गाउँपालिकामा भने सबै भन्दा बढी बिनयी त्रिबेणी गाउँपालिकालाई २७ करोड ८९ लाख बजेट बिनियोजन गरेको छ, भने सबै भन्दा कम बजेट बौदीकाली गाउँपालिकालाई १९ करोड ५५ लाख बिनियोजन भएको छ ।
यो अनुदान वित्तिय समानीकरण र ससर्त अनुदान हो । यो रकम बाहेक नगरपालिकालाई राजस्व बाँडफाडँ, विशेष अनुदान र समपूरक अनुदानबाट पनि थप रकम पाउनेछन् ।
कुन पालिकामा कति अनुदान ?
क) नगरपालिका बजेट
1) कावासोती नगरपालिका - ४३ करोड ३५ लाख
2) गैंडाकोट नगरपालिका - ३८ करोड ६४ लाख
3) देवचुली नगरपालिका - ३३ करोड ६० लाख
4) मध्यबिन्दु नगरपालिका - ४० करोड १४ लाख
ख) गाउँपालिका बजेट
1) बौदीकाली गाउँपालिका - १९ करोड ५५ लाख
2) बुलिङ्टार गाउँपालिका - २० करोड ८९ लाख
3) बिनयी त्रिबेणी गाउँपालिका - २७ करोड ८९ लाख
4) हुप्सेकोट गाउँपालिका - २१ करोड ३१ लाख
