तपाईहाम्रै सहयोगले मकवानपुरका दमै पहरीको परिवारको लागि सानू घर निर्माणका लागि सहयोगमा जुटौं, धेरै भन्दा धेरै शेयर गरि सहयोगी दाताहरु सम्म पुर्याई दिनु - MONGOL KHABAR

Breaking

तपाईहाम्रै सहयोगले मकवानपुरका दमै पहरीको परिवारको लागि सानू घर निर्माणका लागि सहयोगमा जुटौं, धेरै भन्दा धेरै शेयर गरि सहयोगी दाताहरु सम्म पुर्याई दिनु

हेटौंडा । असार १४ शनिबार, मकवानपुर जिल्ला फापर बारी झुरझुरे निवासी दमै पहरिको परिवारको आर्थिक अबस्था अति कम्जोर भएको हुन्दा बर्षातमा घाम र पानी संग संघर्ष गरि गुजरा गरिरहेको छ ।त्यही परिवारलाई घाम र पानीबाट जोगाई दिन मानबिय हिसाबले सरकारको दायित्व थियो । तर त्यहाँका स्थानिय सरकारले समेत बेवास्त गरे पछि गरिब परिवारलाई मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ 3 नं प्रदेशका मंगोल युबा सभा संयोजक मन्दिरा मोक्तानले ती परिवारलाई सानू सहयोग गरेर घामपानी संग बचाउनका लागी पहल गरि देश बिदेशमा रहेका सहयोगीदाताहरु संग सहयोगको अपिल गरेको छ ।
दमै पहरीको छोरा शंकर पहरीको अनुसार उक्त परिवारमा १० जनाको परिवार रहेको छ । बर्षातको समय संगै उक्त परिवारले पानी संग संघर्ष गर्नु पर्ने स्थानीयले समेत बताएका छन । आर्थिक अबस्था निकै कम्जोर रहेको परिवारले खरले छाएको सानू घरको छाना समेत मर्मत गर्न नसक्दा बर्षौ देखि ती सानू घरमा घर भित्र पानी छिरेर रातभर सुत्न समेत नसकिने परिवारले मंगोल खबरलाई जानकारी दिएको छ ।

बाबु छोराका साना साना बाल बच्चा समेत रहेको गरिब परिवारलाई सानो एक सदस्य सम्झेर भए पनि सहयोग गरिदिनुहुन मंगोल नेशनल अर्गनाइजेसन-डा.गोपाल गुरुङ 3 नं प्रदेश मंगोल युवा प्रमुख मन्दिरा मोक्तानले आमसहयोगी दाताहरु संग अनुरोध समेत गर्नुभएको छ । सहयोग गर्न चाहानुहुने इच्छुक सहयोगी दाताहरुले 9866372742 नम्बर मा समेत वास्तविक जानकारी लिन सक्नु हुने मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ 3 नं प्रदेश युवा सभाले बताएको छ ।