नवलपुरलाई नमुना जिल्लाका रुपमा स्थापित गराउन प्रजिअ कार्कीको प्रतिबद्धता - MONGOL KHABAR

Breaking

नवलपुरलाई नमुना जिल्लाका रुपमा स्थापित गराउन प्रजिअ कार्कीको प्रतिबद्धता

नवलपुर । जेठ २८ मंगलबार, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले नवलपुर जिल्लालाई नमुना जिल्लाका रुपमा स्थापित गराउन आफूले सक्दो पहल गर्ने बताएका छन् । मंगलबार नवलपुर कावासोतीका पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्कीले यस्तो बताएका हुन् । उदयपुरबाट आएका कार्की नवलपुर जिल्ला बनेपछिको चौथो प्रमुख जिल्ला अधिकारी हुन् ।
पत्रकारहरुले भेटघाटका क्रममा वजार लगायत सरोकार सम्वद्ध क्षेत्रमा प्रतिफलमूलक अनुगमन, जिल्लालाई हर हालतमा शान्ति शुसासन कायम गर्न प्रशासनले महत्वपूर्ण रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाटसहित जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसअघिका जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल नेपाल सरकारको गृह मन्त्रालयमा उपसचिवका रुपमा सरुवा भएका छन् ।