मुश्लिम समुदायको इद मुबारक तथा रमजान पर्बको शुभकामना तथा निमन्त्रणा - MONGOL KHABAR

Breaking

मुश्लिम समुदायको इद मुबारक तथा रमजान पर्बको शुभकामना तथा निमन्त्रणा

सप्तरी । जेष्ठ २२ मंगलबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रिय सभाले नेपालका ८०% अहिन्दु मुलबासी मंगोल मुस्लिम समुदायले मनाउदै आएको इद मुबारक रमजान पर्बको शुभकामना ब्यक्त गरेको छ ।
मुस्लिम समुदायले एक महिना अगाडि  देखि रमजान पर्बको उपबास बस्दै आएको आज एक महिना पूरा भएको हो । त्यसै गरि मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघिय सभा सदस्य तथा दुई नम्बर प्रदेश संयोजक फजुल मंसुरीले अहिन्दु मुलबासी मंगोल मुस्लिम समुदायको इद मुबारक रमजान पर्व आज एक महिना पूरा भएको उपलक्षमा सम्पुर्ण अहिन्दु र गैरअहिन्दु समुदायलाई ब्यक्तिगत रुपमा इद मुबारकको शुभकामना ब्यक्त गर्नुभएको छ ।

संघिय सभा सदस्य तथा दुई नम्बर प्रदेश प्रमुख फजुल मंसुरीले भोलि सप्तरीमा एक कार्यक्रम गरि इद मुबारक अथबा  रमजान पर्बको भब्य कार्यक्रम गर्ने तयारी गरेको जानकारी मंगोल खबरलाई प्राप्त भएको छ ।

साथै कार्यक्रममा संगठनका बरिष्ठ नेतागणहरुको पनि उपस्थिती रहने पनि जानकारी गराउनु भएको छ । वहाँले सम्पुर्ण मुलबासी मंगोल समुदायहरुलाई कार्यक्रमको शुभकामना दिदै निमन्त्रणा समेत गर्नुभएको छ ।