फूलको आँखामा फूलै संसार ! काँडाको आँखामा काँडै संसार !! गायिका आनि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा - MONGOL KHABAR

Breaking

फूलको आँखामा फूलै संसार ! काँडाको आँखामा काँडै संसार !! गायिका आनि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा

फूलको आँखामा फूलै संसार !
काँडाको आँखामा काँडै संसार !!
काठमाडौ । केही महिना आगाडी मात्र नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका आनि छोईङ डोल्माले बिकट जिल्लामा तुईन विस्थापनको लागि एक करोड रकम सहयोग  हस्तान्तरण गर्नुभएर दुनियाँ चकित पार्नु भयो । यो सर्वसाधारण मानिसको लागि निक्कै मोटो रकम थियो ।

उक्त समय राष्ट्रिय मिडिया तथा सामाजिक संजालहरुमा सर्वाधिक चर्चा रहयो । आनि ले यत्रो रकम सहयोग किन गरिन होला ? सहयोग रकमको श्रोत केहोला ? सरकार लाई दिनु भन्दा आफै झोलुङ्गे पुल बनाईदिए हुदैन थियो र ? ओलि सरकार खुसी पार्न आदि ईत्यादीले हप्तादिन फेसबुकमा मनोरञ्जनात्मक बहस सिर्जना गर्यो ।

उक्त अवसरमा प्रधानमन्त्री के पि ओलि ज्यु लाई रकम हस्तान्तरण गर्दै आनि ले दुईतिहाईको सरकार बाट बिकास संभावना रहेको बिचार ब्याक्तगर्दै देशको विकट स्थानहरुको तुईन बिस्थापित गर्न आफुले स्वैच्छिक सहयोग गरेको घोषणा गर्नु भयो भने प्रधानमन्त्री के पि ओलि ज्यु ले पनि आफ्नु एकमहिनाको तलब थपेर देश भरिका तुईन विस्थापित गर्दै झोलुङ्गे पुल अविलम्ब बनाउने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।

आनिको सहयोग रकमबाट कहाँ कहाँका तुईनहरु विस्थापित भए र झोलुङ्गे पुलहरु बने विवरण आउन बाँकि छन तर जन चासो आनि लाई प्राप्त धन रासिको श्रोत भने बिस्तारै खुल्दै छ । विभिन्न राष्ट्रिय मिडियाबाट सम्प्रेषित समाचार अनुसार आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेको छ ।

स्रोत नखुलेको रकम पटक /  पटक नेपाल भित्र्याएको आरोपित गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।