कुष्ठराेगी भन्दै ३५ बर्ष अगाडि गाउँ निकालामा पर्नु भएका जसवीर साेतीमगरलाई आफ्नै घरमा फर्काइयो - MONGOL KHABAR

Breaking

कुष्ठराेगी भन्दै ३५ बर्ष अगाडि गाउँ निकालामा पर्नु भएका जसवीर साेतीमगरलाई आफ्नै घरमा फर्काइयो

धनबहादुर ठाडा
पाल्पा । असार १२ बिहिबार, पाल्पा जिल्ला निस्दी गाउँपालिका मित्यालका जसवीर सोती ३५ वर्षपछि बल्ल गाउँ फर्कनु भएको छ । जसवीर सोतीलाई यहाँका गाउँलेहरुले कुष्ठरोग लागे कै निहुँमा २०४० सालमा गाउँबाट निकला गरेका थिए ।
बिगत ३५ वर्षदेखि गाउँभन्दा पर जंगलको छाप्रोमा बस्दै आउनुभएको सोतीको अवस्था र कहलीलग्दो कथा विभिन्न संचार मध्यममा प्रसारण र प्रकाशन भएपछि यहाँका जनप्रतिनिधि , समाजसेवी, स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकारको टोलि गएर सोतीलाई घर ल्याएको हो ।
सोती अहिले घरपरिवार संगै खाँदै बस्दै आउनुभएको छ । हाल सोतीमा कुष्ठरोगको कुनै किसिमको लक्षण नरेहेको स्वास्थ्य कर्मिहरुले जानकारी दिएको छ । यसअघि इरानीमहलले ३५ वर्षदेखि जंगलकाे बास भनेर समाचार प्रकाशित गरेकाे थियाे । समाचारकै प्रभाबको कारणले गाउँले, सराेकारवाला निकाय र स्थानीय सरकारले उहाँलाइ घरमा फर्काउन पहल गरेकाे थियाे । यो समाचार इरानीमहलको लागि धनबहादुर ठाडा मगरले लेख्नु भएको छ ।