मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुर र मंगोल युबा सभा नवलपुर गठन - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुर र मंगोल युबा सभा नवलपुर गठन

नवलपुर । जेष्ठ २५ शनिबार, पुर्ब मेची र पश्चिम महाकालीको मध्यबिन्दु जिल्ला तथा नेपाल कै कान्छो जिल्लाको रुपमा चिनिने नवलपुर जिल्लाको बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर-२ मा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन केन्द्रीय सभा सदस्य जगत ठाडा मंगोलको पहलमा एक दिने मंगोलवाद प्रशिक्षण सम्पन्न भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी संघिय सभाका अनुशासन बिभाग प्रमुख तथा एक नम्बर प्रदेश प्रमुख शक्ति चाम्लिङराईले प्रशिक्षण दिनुभएको थियो । विशिष्ट अतिथिमा संघिय सभा सदस्य तथा प्रबक्ता तुलबिर दर्लामी मगर, संचार बिभाग प्रमुख जीवन मंगोल अतिथी रुपन्देही जिल्ला सभा संयोजक भिम मंगोल स्थानिय अतिथीहरु चित्र बहादुर थापा मगर र अमर सोति मगर रहनु भएको थियो ।

प्रशिक्षण कार्यक्रम पश्चात् चित्रबहादुर थापा मगरको संयोजकमा १५ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुर तदर्थ सभा गठन गरिएको छ । त्यसैगरि संगठनले मानबहादुर ढेंगा मगरको संयोजकमा ११ सदस्यीय भातृसंगठन मंगोल युबा सभा नवलपुर पनि गठन गरिएको छ । गठन पस्चात नवनिर्बाचित पधाधिकारीहरुलाई प्रमुख अतिथी चाम्लिङ राईले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा स्थानीय मुलबासी मंगोल बुबाआमा दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संघिय सभा सदस्य तथा समाजसेबी जगत ठाडा मंगोलले आफू नवलपुरको स्थानियबासी भएको हैसियतले आफ्नो ब्यक्तिगत तर्फबाट घुसेरी गाउँमा नबनिर्मित महिला भवनलाई एक महिना भित्र १५ वटा कुर्ची दिने घोषण गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम लोकबहादुर सोति मगरको सभापतित्वमा  संगठनका संघिय सभा सदस्य जगत ठाडा मंगोलको संचालनमा बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर दुईको मौला नजिक नबनिर्मित महिला भवनमा सम्पन्न भएको थियो । तस्वीर :-