गैंडाकोट नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३२ जना युबालाई रोजगार - MONGOL KHABAR

Breaking

गैंडाकोट नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३२ जना युबालाई रोजगार

झबिन्द्र मगर
नवलपुर । असार १२, नवलपुर गैडाकोट नगरपालिकाको विगत वडा मानिने वडा न ३ ढोडेनीमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । हिजो वडा न ३ का वडा अध्यक्षले उद्घघाटन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो ।
उक्त प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गैडाकोट नगरपालिकाका वडा नं ३ भुजेल गाउ देखि गैडाकोट नगरपालिका वडा न ३ केलादी सम्म गाउँलाई जोड्ने गरि बाटो खन्ने कार्य सुरु भएको छ ।

मोटरसाइकल जान मिल्ने गरी करिब २ मिटरको निर्माणकार्य सुरु भएको हो । यसअघि मान्छे हिड्ने सानो गोरेटो बाटो रहेको उक्त बाटोलाइ विस्तार गरि मोटरसाइकल हिड्न मिल्ने गरि बाटो निर्माण गरिएको छ । उक्त प्रधानमन्त्री रोजगार कार्यक्रममा ३२ जना युवाहरुले रोजगार पाएका छन ।