रुपन्देहीमा MNO.डा.गोपाल गुरुङ संगठन तिब्र फैलाउदै - MONGOL KHABAR

Breaking

रुपन्देहीमा MNO.डा.गोपाल गुरुङ संगठन तिब्र फैलाउदै

बुटवल । जेष्ठ १८ शनिबार,मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ संगठन रुपन्देही जिल्ला सभाले मंगोलवाद प्रशिक्षण र संगठन बिस्तार तीव्रता गरेको छ ।
पछिल्लो समय संघीय सभा सदस्य तथा संघीय प्रबक्ता तुलबिर दर्लामी मगरले मंगोल दर्शन सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै रुपन्देहीलाई मंगोल मंगोलमय बनाउने केन्द्रको नीति अनुसार तीव्रता दिएको हो ।
संगठनले हिजो तिलोत्त नगरपालिकामा एक प्रशिक्षण कार्यक्रम सम्पन्न गरि आजै बुटवल उपमहानगरपालिका वडा नम्बर पाँच चौरङ्गेमा एक कार्यक्रम गरि प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा स्थानिय मुलबासी मंगोलको बाक्लो उपस्थिति रहेको  थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा संघीय सभाका अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राईले मंगोलवाद बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम मगर महिला संघ बुटवलको नगर भवनमा पाँच नम्बर प्रदेश युबा सभा संयोजक अरबिन मंगोलको सभापतित्वमा सम्पन्न भएको थियो ।