जननिर्बाचित नेपाली कांग्रेसका वडा सदस्य सहित सिङ्गो वडा नै mno डा.गोपाल गुरुङ संगठनमा प्रबेश - MONGOL KHABAR

Breaking

जननिर्बाचित नेपाली कांग्रेसका वडा सदस्य सहित सिङ्गो वडा नै mno डा.गोपाल गुरुङ संगठनमा प्रबेश

नवलपुर । असार १ आइतबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा नवलपुरको आयोजनामा आइतबार बिनय त्रिबेणि गाउँपालिकामा मंगोलवाद सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा जननिर्वाचित वडा सदस्य जसबहादुर कुँवर मगर सहित सिङो वडा मुलबासी मंगोलहरु नै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनमा प्रवेश गरेका छन । संगठनमा प्रवेश गरेका नेपाली कांग्रेसका जननिर्बाचित वडा सदस्य जस बहादुर कुवर मगर लगायत अन्य विभिन्न पार्टी परित्याग गरि सय जना भन्दा बढी संगठनमा प्रवेश गरेका छन ।

उक्त कार्यक्रमको प्रमुख अतिथी संघिय सभाका मुलसचिब  नरबहादुर दर्लामी मगर ( बर्णबास ) ले संगठनमा प्रबेश गरेका  र नवनिर्बाचित सदस्यहरुलाई खादा लगाई प्रबेश गराई स्वागत तथा बधाई र शुभकामना दिएका थिए । कार्यक्रम प्रशिक्षण संघीय संचार बिभाग प्रमुख जिवन मंगोलले प्रदान गरेका थिए । कार्यक्रमका अर्का बिशिस्ट अतिथि संघीय प्रबक्ता तुलबिर दर्लामीमगरले संगठनको कार्यक्रम दिनदिनै अगाडि बढिरहेको बताउदै अब आउने कार्तिकमा लाखौ  मुलबासी मंगोलहरुको जनमास सहितको कार्यक्रम बुटवलमा गर्ने भएको हुदा सम्पुर्ण मुलबासी मंगोल समुदायलाई सहयोग गर्न समेत आह्वान गर्नुभएको थियो । अर्का अतिथि प्रदेश नम्बर ३ का युवा सभा प्रमुख मन्दिरा मोक्तानले आफ्नो भनाइ राख्दै मंगोल मुक्तीको लागि मंगोल नारिहरु पनि राजनीतिमा सक्रिय हुन आग्रह गरेकी थिइन ।

कार्यक्रम संचालन संघीय सदस्य जगत ठाडा मगरले गर्नुभएको थियो । कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष भिम मंगोल नवलपुर जिल्ला सचीब सरोज पुनमगर समेत उपस्थित रहनुभएको थियो । कार्यक्रम नवलपुर जिल्ला सभाका संयोजक चित्र बहादुर थापामगरका सभापतित्वमा शिटलटाँडीको खुल्ला चौतारीमा सम्पन्न भएको थियो । प्रशिक्षण प्रश्चात जननिर्वाचित नेपाली कांग्रेसका वडा सदस्य जसबहादुर कुवँर मगरको संयोजकमा ११ सदस्यीय वडा नम्बर ४ वडा सभा समेत गठन भएको छ ।
तस्बिर :-