MNO.डा.गोपाल गुरुङ संगठनले चितवन मंगोलमय बनाउदै - MONGOL KHABAR

Breaking

MNO.डा.गोपाल गुरुङ संगठनले चितवन मंगोलमय बनाउदै

चितवन । जेष्ठ, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन चितवन जिल्ला सभाले राप्ती नगरपालिका वडा नम्बर ११ चिसोपानी गौरिटारमा एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समयमा चितवनमा मंगोलवाद प्रशिक्षण र संगठन बिस्तार तिब्र पारेको छ । संघिय सभा सदस्य पुर्खाराम प्रजा र बिरबहादुर तामाङले चितवनलाई मंगोलमय बनाउन निरन्तरता दिएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा संघिय सभा सदस्य पुर्खाराम प्रजाले मंगोलवाद सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । भने अर्का संघिय सभा सदस्य बिरबहादुर तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रम लालबहादुर तामाङको अध्यक्षतामा चितवनको राप्ती नगरपालिका चिसोपानी गौरिटारमा १८ गते (हिजो) सम्पन्न गरेको थियो ।