पुर्बी पाल्पाका निस्दी गाउँपालिकाका निस्दी खोलामा पुल नहुदा त्यहाँका स्थानिय सदरमुकाम तानसेन जान कठिनाई - MONGOL KHABAR

Breaking

पुर्बी पाल्पाका निस्दी गाउँपालिकाका निस्दी खोलामा पुल नहुदा त्यहाँका स्थानिय सदरमुकाम तानसेन जान कठिनाई

होम राई मगर
पाल्पा । असार २८ शनिबार, वर्खा शुरु हुन्छ सदरमुकाम र बजार क्षेत्रमा कसरी जाने पिरालोले अर्चलेबासी र त्यस क्षेत्र आसपासका जनताहरुलाई सताई रहेको हुन्छ । पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका पाल्पाको सिमाना रहेको निस्दीखोला वारपार गर्नका लागि पुल नहुदा त्यहाँका बासिन्दाहरुलाई सास्ती भइरहेको छ ।
स्थानीय युबाहरु काठको सायताले मोटर साइकल खोला पार गर्दै ।

पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट ७ किमि दक्षिण लागेपछि निस्दीखोला पुगिन्छ । हरेक वर्षको वर्षायाम शुरु भए देखि ४/५ महिना सम्म सवारीसाधन आवातजावत गर्न गाह्रो हुने र सदरमुकाम देखि अर्चले सम्म चल्ने गाडीहरूलाई अबरुद्ध हुने गर्दछ ।

खोलामा मान्छे तर्न सक्ने हुँदा सम्म मोटरसाइकल पार गरेर सहयोग गर्ने गरेको स्थानीय व्यापारी बिजय सारुले बताउनुभयो । त्यहाँका युवाहरुले एउटा मोटरसाइकल पार गराई दिए बापत ५ सय रुपैयाँ देखि १ हजार सम्म लिने गरेको स्थानीय कृष्ण बहादुर सुनारीले जानकारी गराउनुभएको छ । पैदल यात्रीहरुका लागि झोलुङ्गे पुल भएपनि पक्की पुल नबन्दा साविकको अर्चले गाविसका सम्पूर्ण वडा र ज्यामिरे र मित्यालका केही भेगका जनताहरुले बर्सेनि कठिन यात्रा गर्नु परेको छ ।

हरेक चुनावमा चुनावी एजेन्डा बनेको पक्की पुल बनेको हेर्ने र निर्धक्क यात्रा गर्ने दिनको पर्खाइमा रहेको स्थानीय खेम बहादुर बिकको भनाई रहेको छ । त्यसो त गएको चैत १० गते डिटेल सर्भेका लागि प्रविधिक टोली आएपनि त्यसको के कति लागत लाग्ने पुष्टि हुन बाकी रहेको बताएको छ ।

त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर जोड दिएको र अब छिट्टै प्रदेश सरकारमा आवश्यक पहल गर्ने कार्यक्रम रहेको निस्दी गाउँपालिका पाल्पाका प्रवक्ता तथा वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ।