मध्यबिन्दु जिल्ला अस्पतालमा डा.गोपाल खनाल अध्यक्षमा नियुक्त - MONGOL KHABAR

Breaking

मध्यबिन्दु जिल्ला अस्पतालमा डा.गोपाल खनाल अध्यक्षमा नियुक्त

कावासोती १ साउन । डा. गोपाल खनाल मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डाको अध्यक्षमा नियुक्त भएका छन् । यस अघि सामुदायिक अस्पताल रहेको मध्यविन्दु सहिद स्मृति सामुदायिक अस्पताल जिल्ला अस्पताल भएपछि डा. गोपाल खनाल अध्यक्षमा नियुक्त भएका हुन् । उनले बुधबार पदभार ग्रहण गरेका छन् ।
उनलाई अस्पतालका कर्मचारी र केही स्थानीयले पदभार ग्रहण गराएका थिए । उनले अस्पतालको अध्यक्ष भएर आएपछि पदभार ग्रहण गर्दा केही बेर अघिसम्म अस्पतालको अध्यक्ष बनेर अस्पतालको रेखदेर गरिरहेका अध्यक्ष चेतनाथ पोख्र्रेले भने वेखबर थिए ।

उनले भने म केही बेर अघिसम्म अस्पतालमै थिएँ । यसो खाना खाएर फर्केर आउँदा डा. खनाल अध्यक्ष भएर आउनु भएछ । पदभार ग्रहण गर्नु भएछ । मैले पछि मात्र थाहा पाएँ ।
जिल्ला अस्पतालको रुपमा सरकारी अस्पताल भएपछि जिल्ला अस्पतालमा सरकारले नै अध्यक्ष नियुक्त गर्दछ भने स्थानीय तहको प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पदेन सदस्य हुने प्रावधान छ ।

पोख्रेलले भने – हामीले जिल्ला अस्पताल बनाउन पहल गर्यौं भयो पनि, हाम्रो लागि त्यही हो उपलब्धी, सरकारले अध्यक्ष नियुक्त गर्ने हो, त्यसमा मेरो केही भन्नु छैन । पद हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने थियो । त्यही पनि केही छैन, ठिक्कै छ ।

डा. खनाललाई अस्पतालका कर्मचारीहरुले स्वागत गरेका थिए । डा. खनालले प्रदेश सरकारले अध्यक्षमा नियुक्त गरेको पत्र अस्पतालमा बुझाएर अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।