नवलपुरको डण्डामा दुर्घटना एक जनाको मृत्यु - MONGOL KHABAR

Breaking

नवलपुरको डण्डामा दुर्घटना एक जनाको मृत्यु

नवलपुर । श्रावण १५, कावासोती पुर्व पश्चिम राजमार्गको पुर्वि नवलपरासीको कावासोती – १६ डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ । पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं. १५ गोडार निवासी अन्दिाजी बर्ष ६०–६५का राम प्रसाद अधिकारीको धटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 
ना २७ प ३६०० नम्वरको मोटरसाईकलका अधिकारी दुई मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकल पल्टन पल्टिन पुगेका थिए । सोही क्रममा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ६ ख ३४०१ नम्वरको ट्रकले ट्रककले किचेर मोटर साईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।