नवलपुर । साउन ८ बुधबार, मौषम पूर्वानुमान महाशाखाले नवलपुर जिल्लाको कावासोती, डण्डा र गिरुवारी लगायतका आसपासको क्षेत्रमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन सुचना जारी गरेको छ । मौषम पूर्वानुमान महाशाखाद्वारा मोवाइल एस् एम् एस् मार्फत सतर्क रहन आग्रह गरेको हो ।
सन्देशमा नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको छ र थप बर्षा हुने सम्भावना रहेकोले डण्डा, कावासोती, गिरुवारी आसपासको लगायत अन्य ससाना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्छ, आज बेलुकासम्मै सतर्क रहौं ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले जिल्ला भरी नै भारी वर्षा भएको भए पनि अहिलेसम्म सामान्य तया पहाडी क्षेत्रका ग्रामीण बाटोहरु अवरुद्ध भएका बाहेक अहिलेसम्म अन्य क्षतिका घटना नभएको बताए ।
उनले मौषम पूर्वानुमान महाशाखाले जारी गरेको सतर्क सन्देश पछि आफूहरु पनि सम्भावित खतराका निम्ति पूर्व तयारीमा चनाखो रहेको जानकारी दिए ।
