उपत्यकामा शृङ्खलाबद्ध सिरिङ्क आक्रमण गरेको आरोपमा पक्राउ परेका संतोष कार्की, पुनः पक्राउ - MONGOL KHABAR

Breaking

उपत्यकामा शृङ्खलाबद्ध सिरिङ्क आक्रमण गरेको आरोपमा पक्राउ परेका संतोष कार्की, पुनः पक्राउ

काठमाडौँ । साउन ९ बिहिबार, उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।
तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । यसअघि १२ असारमा  महाराजगन्ज पक्राउ परेका रामेछाप घर भएका ३० वर्षीय कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो ।
कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काँटी तथा तिको वस्तुले आक्रमण गरेको स्वीकारेका थिए ।