राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध चलाएको हस्ताक्षर अभियानमा संकलित एक करोड हस्ताक्षर सरकारलाई बुझाइदैं - MONGOL KHABAR

Breaking

राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध चलाएको हस्ताक्षर अभियानमा संकलित एक करोड हस्ताक्षर सरकारलाई बुझाइदैं

अर्घाखाँची । साउन ८ बुधबार, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद उपमहासचिव तथा पररास्ट्र विभाग उपप्रमुख टोप अस्लामीले भ्रष्टाचार नियन्त्रणका लागि स्वायत्त प्रकृतिको शक्तिशाली नागरिक छानबिन आयोग गठन गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले सुरु गरेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान अन्तर्गत मंगलबार अर्घाखाँचीको सन्धीखर्कमा आयोजित हस्ताक्षर संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता अस्लामीले पञ्चायतदेखिका उच्च अधिकारीहरुको सम्पती छानबिन गर्न माग गर्नुभएको हो । 
उहाँले भन्नुभयो, ‘हिजो पञ्चायती शासन ब्यबस्थादेखि अहिलेसम्मका उच्चपदस्थहरुको सम्पत्तीहरु छानबिन गरिनु पर्छ र  त्यसका लागि स्वायत्त प्रकृतिको शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्नु आवस्यक छ ।’
भ्रष्टाचारमा लिप्त भ्रष्ट प्रबृतिका शासक दलहरु बिभिन्न पार्टी र संघसंस्थाको खोल ओढेर गणतान्त्रिक शासन ब्यवस्थामा पनि जनताले तिरेका करमाथि भ्रष्टाचारको क्रिडास्थल बनाइरहेको उहाँको आरोप लगाउनुभएको छ ।
कार्यक्रममा संघीय परिषद सदस्य तथा “भ्रष्टचार बिरुद्ध राष्ट्रिय अभियान“ अर्घाखाँची संयोजक भैरब थापा मगरले स्थानीय स्तरमा समेत भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो । ‘एक दुई जनाको मुहार फेरियो तर सन्धिखर्कबासीहरुको मुहार जस्ताको तस्तै छ । यहाँ पनि भ्रष्टाचारको गन्ध आएको छ, उहाँले भन्नुभयो । “भ्रष्टाचार विरुद्ध अभियान“ मा एक हुन सचेत नागरिकलाई आह्वान गर्दै थापाले भ्रष्टाचार बिरुद्धको हस्ताक्षर संकलन हरेक घरघरमा पु¥याई सरकारलाई दवाब दिइनेसमेत बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय परिषद सदस्य छत्र दर्लामी, राष्ट्रिय महिला मोर्चा केन्द्रिय महासचिब गीता सारु, ५ नम्बर प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, उपाध्क्षय धनी आले र प्रदेश सदस्य मधु राना लगायतले भ्रष्टचार बिरुद्धको हस्ताक्षर संकलन अभियानमा लाग्न आग्रह गर्नुभएको थियो ।
गत जेठ १५ गतेबाट सुरु गरिएको कार्यक्रममा हजारौले हस्ताक्षर संकलन गरेको र देशभरमा एक करोड हस्ताक्षर संकलन गरि सरकारलाई बुझाइने प्रदेश संचार बिभाग प्रमुख राम अस्लामी मगरले जानबारी दिनुभयो ।
तस्बिर :- रोशन अस्लामी मगर