मगर संसार फोटो ग्यालरीले आयोजना गरिएको सिंगल मगर भेषभुषा फोटो प्रतियोगिताको बिजय बनिन, पोखराकी बिमला थापा मगर - MONGOL KHABAR

Breaking

मगर संसार फोटो ग्यालरीले आयोजना गरिएको सिंगल मगर भेषभुषा फोटो प्रतियोगिताको बिजय बनिन, पोखराकी बिमला थापा मगर

पोखरा । असार १६ सोम्बार, Online फेसबुक ग्रूप "मगर संसार ( Magar sansar ) Photo Gallery" भित्र मगर ड्रेसमा सजियको फोटो आफैले पोस्ट गरौ, भन्ने नाराको साथ मगर सांस्कृतिक र पहिचान जोगाउ खेलाएको खुल्ला सिंगल मगर भेषभूषा फोटो प्रतियोगिता २०७६ मा पोखराकी बिमला थापा मगरले प्रथम स्थान हात पार्न सफल हुनु भएको छ । थापा मगरले जम्मा ४७१४ भोट प्राप्त गरि प्रथम हुन सफल भएकी हुन ।
उक्त प्रतियोगितामा सहभागी अर्का दोश्रो हुनुभएका नवलपुर जिल्ला देवचूली नगरपालिका ६ किर्तिपुर बस्नु हुने ज्ञानेन्द्र ठाडा मगरले हात पार्न सफल भएको छ । वहाँले जम्मा ४६८७ भोट प्राप्त गर्नु भएको थियो ।

त्यसै गरि तेश्रो स्थानमा नवलपुर जिल्लाका हुप्सेकोट गाउँपालिकाका स्मारिक सोतीमगरले जम्मा ४६७२ मत प्राप्ता गरि बिजय भएकी छिन ।
असार १३ गते शुक्रवार साँझ ६ PM देखी असार १६ गते सोमवार साँझ ६ PM (जम्मा ३ दिन) सम्म संचालन भएको उक्त प्रतियोगितामा देश बिदेश बाट गरि २५१ जना मगरहरुको सहभागिता रहेको थियो ।

फोटोमा आएको like को आधारमा बिजेता र उपविजेता घोषणा गरिएको खेलमा मगर संसार ग्यालरी ग्रुपका संयोजक अनिल थापामगरले बताउनु भयो ।

प्रतियोगितामा प्रथम र दोस्रो हुनेले बिशेष पुरस्कार पनि पाउने छन । पुरस्कारको सौजन्य भने कपिलवस्तुका स्थायी निबासी हाल मलेशिया बस्नुहुने राजू पुनमगर गर्नु भएको थियो ।

मगर भेषभूषा (पोशाक ) बचाऊ अभियानको रुपमा यस  प्रतियोगिता आयोजना गरीएको थियो ।Maxon खबरबाट साभार

Read This Also :

BHAWANAKA SABDA SAGAR ALE' S ONE SIDED LOVE STORY