अहिलेको परिवेशमा खस आर्य ब्राह्मणको राजनीति नाताबाद, क्रिपाबाद र जातीबादको हलचल जस्तो होइन MNO को राजनीति - MONGOL KHABAR

Breaking

अहिलेको परिवेशमा खस आर्य ब्राह्मणको राजनीति नाताबाद, क्रिपाबाद र जातीबादको हलचल जस्तो होइन MNO को राजनीति

श्रावण । १४  "विचारले निकास दिने हो निकासले राष्ट्र निर्माण गर्न जनतालाई सत्ता र शक्तिमा पुराउनु हो"!अहिलेको परिवेशमा खस आर्य ब्राह्मणको राजनीति नाताबाद, क्रिपाबाद र जातीबादको हलचल जस्तो होइन MNO को राजनीति।
मंगोल पहिचान सहितको ८०% अहिन्दु मंगोल अस्तित्वको लडाई हो,खस आर्य ब्राह्मणको राज्यले वर्षौ देखि गरि आएको मंगोल जनता माथिको दमन र विभेद सहितको मंगोल अस्तित्वको लडाई हो । हाम्रो लडाई ८०% अहिन्दु मंगोल जनतालाई एकतामा ल्याउदै चुनावी पद्धतिबाट बहुमत हासिल गर्दै मंगोल राष्ट्र निर्माण बनाउने हो ।

हाम्रो लडाई मंगोल रास्ट्र बनाई हजारौं बर्ष सम्म हामीलाई दमनमा पारि कमारो बनाउदै विभिन्न जातजातिमा बिभाजन गर्दै तामाङ,मगर,गुरुङ,राई आदि जस्ता जातको थर दिइ २३/२४ राज्यका मंगोलहरुलाई आपसमा लडाइ अलग अलग बनाइ सिङ्गो नेपाल होइन कि खस आर्य शासन लाद्नेको विरुद्धमा हो।

हाम्रो लडाई ८०% अहिन्दु मंगोल भुमी पुत्र जनताको मंगोल अस्तित्व बिहिन बाचिरहेका र जनजातीका बिल्ला भिराइएकाको विरुद्धमा हो । हामीले बैचारिक कलमको राजनीति गरेको मंगोल अस्तित्व सहित मंगोल रास्ट्र बनाइ नेपालमा बस्ने सबै नेपालीमा छुवाछूत रहित धर्म निरपेक्ष,लोकतन्त्र,मानव अधिकारको ओकलत गर्दै आत्मा सम्मानको लागि हो।

हाम्रो लडाई कुनै जाती समुदाय र क्षेत्र सँग होइन । हाम्रो लडाई खस आर्य ब्राह्मण राज्यसत्ताले बनाएको एकलौटी नीतिगत संरचना सँग हो । त्यसकारण यति बेला सबै मंगोल आपसमा एकता हुँदै आवेशमा नआइ चिन्तन तनमन धन आर्थिक भौतिक नैतिक सहितको मंगोल अस्तित्वको विचार बोकेर देशलाई संकटबाट पार लगाउनु हो ।

एकपटक सत्तामा बसेका सत्ताधारीहरुले सोच्न जरुरी छ । चाहे त्यो जुनसुकै जातजाति, समुदाय, वर्ग क्षेत्र वा राजनीतिक दलबाट आएका सत्ताधारी किन नहोस् ।

एकपटक तिनीहरुले आफूलाई दमन र विभेदमा पारिएका ८०% अहिन्दु मंगोल मुलबासी जनता मगर,गुरुङ,राई,लिम्बू यी यस्ता आदि विभिन्न जातीयतामा पृथ्वीनारायण शाहले बिभाजन गरि दमन र विभेदमा परेका ति यहीँ देशको भुमिपुत्र ८०% अहिन्दु मंगोल मुलबासी जनताभएर हेरियोस् अनि थाहा हुनेछ।

किन मंगोल जनताले यसरी आज आफ्नो पसिना मात्र होइन रगत दिन आन्दोलन गर्न परेमा गरौला भन्दै एकतामा होमिएका छन् ? आज किन मंगोल जनताले आफ्नो हक अधिकार र अस्तित्वको लागि एकता बनाउदै छन ? यस्ता कुरा हामी सबै मंगोल जनताले बुझेका छौं। तर बुझेर पनि बुझ पचाउनेहरुको जमातले गर्दा आज फेरी मंगोल जनता लाई भ्रमको खाडल तिर धकेलिदै छ।

धर्म निरपेक्ष देश,लोकतन्त्र,मानव अधिकार आदिको अर्थ नबुझिकन बुद्ध धर्म लाई दर्शन हो भन्दै एकल धर्म सँग लिप्त हुँदै बुद्ध धर्मको प्रचारप्रसार ज्यादा ८०% अहिन्दु मंगोल अस्तित्वको प्रचारप्रसार कम गर्दै........यस्तोविषम परिस्थितिबाट देश र मंगोल जनतालाई मंगोल अस्तित्व र निकास दिनको हेतु कुनै कसैको भ्रममा नपरिकन तपाई हामी सबै मंगोल मिलेर मंगोल जनताको दायित्व र "मंगोल एकता अहिलेको अतिआवश्यकता"को खाचो छ।

ताकि यहाँ कुनै पनि जातजाति र धर्मको लडाई होइन,
यहाँ कुनै पुरुष र महिलाको लडाई होइन,मात्र हामी यो देशको मालिक हौ मंगोल भुमि पुत्र ८०%अहिन्दु मंगोल  मुलबासी अर्थात यो देशको नागरिक हामी नेपाली जनता हौ।

भोलिको लागि हामीले बहुमत ल्याइ यो देशको खस आर्य ब्राह्मण राज्यसत्ताको नियम कानुन उथलपुथल बनाइ मंगोल रास्ट्र निर्माण गर्दै मंगोल राज्यसत्ता सहितको मंगोल कानुनको पनि निर्माण गर्दै हाम्रो देश नेपाल होइन मंगोल रास्ट्र हो भनेर हामी सबैले गर्व सँग महसुस गर्न पाउनु लोकतान्त्रिक गणतन्त्रमय धर्म निरपेक्ष देशमा लागु हुनुपर्छ भन्ने हो।

ताकि कुनै धर्म र दर्शन भन्दै स्वार्थको राजनीतिक गन्धको कारण या त सत्ताधारी शक्तिको गन्ध हामी मंगोल जनतालाई  नलादियोस् ।यदि जानी जानी एकल धर्म लादिन्छ भने त्यसको जवाफ धर्मको राजनीति गर्ने र जुनसुकै राजनीतिक दलले दिनु पर्द्छ।।
धन्यवाद।

लेखक :- ताजेन्द्र मगर
हाल -: मुम्बई(भारत)
नेपाल :- बर्दिया।