तिमिलाई साहिली दुई शब्द, गल्ती भए माफ गर !!! - MONGOL KHABAR

Breaking

तिमिलाई साहिली दुई शब्द, गल्ती भए माफ गर !!!

नवलपुर । श्रावण १५, तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे, सायद संयोग नै हुनु पर्छ कस्तो मोडमा हाम्रो भेट भयो है । आज यो एप मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाए । आज म धेरै नै खुसी छु किन कि, तिमी जस्तो साथीको साथ पाए । भन्छन नि जिन्दगी त नदिको पानी जस्तै हो, जब सम्म गन्तव्य भेटिदैन सधै नरोकिएर बगिरहन्छ ।
यो बिचमा कयौ  सँगको मिठो मिलन हुन्छ भने कयौ सँग नचाहेर पनि छुट्टिनु पर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ । थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यत्ती धेरै अनमोल बन्छ भनेर सायद माया भन्ने शब्द जसले शिर्जना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला । त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है । बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यती नै टाढा पनि हुन्छ तर तिमी संग बिताएका ति पलहरू सधै सम्झना बनेर झल्किरहन्छन । सायद म आफुलार्इ भाग्यमानी भनु कि जस कारण तिमी सँग मिठो माया गाँस्न पाए । जिन्दगीका केही पलहरू मात्र भए पनि तिमी सँग बिताएका पलहरू अनमोल बनेर रहे ।

सायद मिलन / बिछोड, सुख / दुख, यहि नै प्रेम र जिन्दगी रहेछ । जिवन साथी नभए पनि एउटा असल साथी त बन्न पाए, त्यसैमा पनि धेरै खुसी छु । जसलाई जति चाह्यो एक दिन त्यो त्यती नै टाढा हुदो रहेछ । तर पनि तिमी जहाँ जस्तो सुकै भए पनि हाँसी, खुसी रहनु ति अनमोल पलहरू यो मुटूमा सधै नै गाढा बनेर रहनेछन । तिमिलाई सधै मेरो मुटुको ढ्ड्कन सम्झी, तिम्रै बोलिको पर्खाईमा बाँचेको छु । पल पल तिम्रै यादमा तड्पेको छु ।

लेखक :- जगत ठाडा मंगोल