काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले राजनीतिक नेताका भ्रष्टाचारमाथि छानबिन अगाडि बढाए आफ्नो जागिरको नै निश्चितता नहुने बताएकी छन् ।
नीतिगत भ्रष्टाचार अनुसन्धान गर्ने क्षमता अख्तियारसँग नभएको बताएकी उनले बुधबार सञ्चारमाध्यमका सम्पादकसँग भनिन्,‘ नेतातिर लाग्यौं भने हाम्रो जागिर रहन्न तर आँट नगरी कुनै सुधार हुँदैन, अब स्टिङ अपरेशनको विकल्प छैन ।’
राजनीतिक दलका उच्च तहका नेताको इच्छाबिन नीतिगत तहको भ्रष्टाचार नियन्त्रण र न्युनिकरण गर्न कठिन रहेको बताएकी उनले भनिन्,‘यसमा सबैको सहयोग आवश्यक हुन्छ।’
अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्टाचार न्युनिकरण अख्तियारले मात्र सम्भव नहुने अवस्था रहेको दर्शाए । उनले अख्तियारले पनि आफ्ना विगतबाट धेरै पाठ सिक्नुपर्ने बताए ।
