खुशिको खबर -नवलपुरको अक्सफोर्ड कलेजले फेरि पायो अन्तर्राष्ट्रिय अवार्ड.. - MONGOL KHABAR

Breaking

खुशिको खबर -नवलपुरको अक्सफोर्ड कलेजले फेरि पायो अन्तर्राष्ट्रिय अवार्ड..

नवलपुर । असार, २३, नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्टले शैक्षिक गुणस्तरमा युरोपको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
जर्मनीको बर्लिनमा जुलाई ६ र ७ मा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ५८ देशलाई पछि पार्दै युरोपियन स्टार फर रिसर्च क्याटेगोरीले अन्तर्राष्ट्रिय अवार्ड (स्वर्ण पदक) प्राप्त गर्न सफल भएको हो ।

कलेजले शैक्षिक गुणस्तर, व्यवस्थापन, नेतृत्वदायी भूमिका र अनुसन्धानमा पु¥याएको योगदानको आधारमा ‘क्वालिटी च्वाइस प्राइज २०१९’ को स्वर्णपदक प्राप्त गर्न सफल भएको कलेजका बीसीएका विभागीय प्रमुख सुरेश बरालले बताए ।

कलेजका प्रिन्सिपल हरि भण्डारी र बीबीए प्रमुख नारायण सापकोटाले जर्मनको बर्लिनमा आयोजित एक समारोहमा सहभागी भई सो अवार्ड ग्रहण गरेको उनले बताए ।