डा.गोपाल गुरुङको जन्म डिसेम्वर ७, १९३९ नै आधिकारिक हो - जीवन मंगोल - MONGOL KHABAR

Breaking

डा.गोपाल गुरुङको जन्म डिसेम्वर ७, १९३९ नै आधिकारिक हो - जीवन मंगोल

काठमाडौ । साउन १३ सोमबार, सत्य तथ्य र प्रमाणको आधारमा कुनै पनि विषय वस्तुको वकालत गछौ भन्ने नयाँ गोभेल्स पनि मंगोल भित्र देखिदै आएका छन् । विना आधार, विना प्रमाण सत्यलाई बंगाई असत्यको प्रचार गर्नु थाले पछि व्यवहारिक रुपमा नयाँ गोभेल्सको जन्म भएको पाएँ ।
जर्मनका हिट्लरका प्रशासन मन्त्री गोभेल्सले झुट्टा कुरालाई लगातार प्रचार गरी सत्य सावित गर्ने गर्थे । यस्तै नेपालमा मंगोलका संस्थापन पक्षले गोभेल्स शैली अपनाएका छन् । तथ्यलाई मान्ने हो भने डा.गोपाल गुरुङको जन्म सन् १९३९ नै हो । नेपाली नागरिकता, पासपोर्ट, स्कुल विश्वविद्यालयका सबै कागजातहरुमा । तर पुस्तक पत्रपत्रिकाहरुमा सन् १९३५ रहेको छ ।

विवादित वनाउनु भन्दा प्रमाणित सत्यलाई मानौ भनेर डिसेम्बर ७, १९३९ निर्णय गरिएको थियो । तर १९३५ लाई प्रचार गरिएको छ । केही पुस्तक र पत्रपत्रिकाको आधारमा १९३५ लाई मान्नु उचीत हो कि डकुमेन्टको आधारमा मान्नु ? “गोपाल गुरुङको जीवनी, व्यक्तित्व र कृत्तित्वको अध्ययन” पुस्तक जुन शोध ग्रन्थ हो ।

जुन शोध ग्रन्थमा पनि १९३९ लाई आदिकारीक मानेको छ । जसले जे सुकै मानोस । डा.गोपाल गुरुङको जन्म चाही डिसेम्वर ७, १९३९ नै आधिकारिक हो । अरु सबै कथ्य र कथाकारहरुको दावी हो जहाँ कुनै प्रमाण छैन ।

सन् २०१४ डिसेम्बर ७ मा डा.गोपाल गुरुङको निवासमा सँगै मनाइएको उहाँको जन्म दिनको झलक ।