यती एयरलाइन्सले भरतपुरदेखि पोखरा उडान भदौ देखि शुरु गर्ने - MONGOL KHABAR

Breaking

यती एयरलाइन्सले भरतपुरदेखि पोखरा उडान भदौ देखि शुरु गर्ने

जगत मंगोल
चितवन । साउन ७ मंगलबार,यती एयरलाइन्सले भरतपुरदेखि पोखरा उडान सुरु गर्ने भएको छ । पोखराबाट काठमाडौं र मुस्ताङको जोमसोममा नियमित उडान गर्दै आएको यती एयरलाइन्सले अब पोखराबाट भैरहवा र भरतपुरमा समेत उडान गर्ने भएको हो ।
यती एयरलाइन्सले १५ भदौबाट भरतपुर पोखरा नियमित उडान गर्ने यती एयरलाइन्सका सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए । उनले २९ भदौ बाट माउन्टेन फ्लाइटको उडान भर्ने बताए ।

पोखरामा पर्यटकीय सिर्जन सुरु भएसँगै माउन्टेन फ्लाइट उडाउने उनले बताए । ३० सिट क्षमताको जेट स्टिम जहाजबाट उडान भर्ने प्रबन्धक भिमराज राईले मंगोल खबर अन्लाईनलाई जानकारी दिए ।