मूलबासी भन्दै नभनोस भन्ने उनीहरुको अभिलाषा हो तर त्यो अभिलाषा पुरा हुँदैन र म बाँचिन्जेल पुरा हुन दिन्न । -डा. गोपाल गुरुङ - MONGOL KHABAR

Breaking

मूलबासी भन्दै नभनोस भन्ने उनीहरुको अभिलाषा हो तर त्यो अभिलाषा पुरा हुँदैन र म बाँचिन्जेल पुरा हुन दिन्न । -डा. गोपाल गुरुङ

काठमाडौ । मेरो कितावको फोटोकपी जफत गरेपछि जवाफमा मलाई पक्डियो । मलाई धम्काउने र माफ माग्न भन्यो । मैले माफ माग्नको लागि त्यो किताव लेखेको होइन भन्ने कुरा गरिसके पछि मलाई जेल हाल्यो । मैले त्यतिवेला राजगद्धि ताकेको थिइन । मैले राजा महेन्द्रलाई तीन चोटी भेटे । राजा बिरेन्द्रलाई पनि भेटे एक घण्टा कुरा ग¥यो । आधा घण्टा राष्ट्रिय र आधा घण्टा अन्तराष्ट्रिय विषयमा त्यसपछि अर्को चोटी होटलमा बोलायो । 
मैले इमान्दारी पूर्वक राजा विरेन्द्रलाई सल्लाहा दिएको थिए । अब राजा छैन किन छैन भन्दा राजा महेन्द्रले हिन्दु राष्ट्र घोषणा गर्यो । हिन्दु राष्ट्र भनेको हिन्दुको मात्र राष्ट्र हो । अनि अहिन्दु मंगोलहरुको राष्ट्र भए पनि हामी मंगोलहरु हिन्दु होइन । यसकारणले समुदाय लेखिनु पर्छ जातजाति भनेको हिन्दु समाजभित्र कै हो । 

हिन्दु समाजमा ४ ओटा समाज हुन्छ । त्यसपछि अतिशुद्र पछि जाति बन्छ । त्यसपछि मलाई राजद्रोहि मुद्धा दूइ वटा लगायो । राजगद्धि ताक्यो र सामप्रदायिक फैलायो भनेर जब म जेल पर्नु प¥यो । राजालाई मैले इमान्दारी साथ सल्लाह दिएको मानेन । त्यसपछि मैले जेल परे पछि जेल भित्र नै यो मंगोल नेशनल अर्गनाइजेशन झण्डा र घोषणा पत्र तयारी गरेर मैले १ जनवरी १९८९ मा च्यालेन्ज गरेर म निश्किने भए पछि पञ्चायत व्यवस्थामा यहि झण्डा लिएर मंगोल नेशनल अर्गनाइजेशन जन्माइ दिए । मैले राजगद्दी ताकेको थिइन । 

अब म राजगद्दी ताकेर निस्कन्छु भनेर म निस्किए । राजगद्दी ताक्नु भनेको राजा हुनु होइन राष्ट्रपति चाहानु हो । यो कुरा त मैले १९७२ देखि नै लडेको थिए । जव राजा महेन्द्रलाई मैले दुइ चोटी र राजा बिरेन्द्रले दरबारमा बोलाए पछि अध्ययन गरे । कारण बुझे राजा नै हाम्रो दुष्ट रहेछ । त्यसपछि नै मैले १९८० साल देखि चाहि राजाको बिरोधमा लेख्न र भाषण गर्न खुल्ला रुपमा निस्किएको थिए । 

सन् १९७९ मा पहिलो चोटी पुल्चोकमा अर्थात आज भन्दा २९ वर्ष अगाडि मंगोलको कुरा उठाएर हामीले दुई दिन अधिवेशनमा नै १९७९ मा आज २००८ साल हुँदैछ । २९ साल अघि नै मंगोल हुनु पर्छ भनेर दुई दिने अधिवेशनमा भने । नेपालका कुनै पनि पत्र–पत्रिकाले लेखेन । अहिले पनि धेरैले मेरो कुरा पत्र–पत्रिकाले लेख्दैन । तर इन्डियाकोले लेख्छ, जर्मनबाट लेख्छ । भारतको २५÷३० वटा पेपरमा लेखि सक्यो । 

मेरो विषयमा बैङ्लोरबाट अंग्रेजीमा लेख्छ । तर नेपालको पत्र पत्रिकाले लेख्दैन किन लेख्दैन भन्दा नेपालको सबै पत्र पत्रिका बाहुन क्षेत्रीको हातमा छ । बेलाबखतमा अलि अलि लेख्छ, आउछ । त्यसकारण मेरो मंगोल शव्द नै काउसो जस्तो चिलाउछ । यसकारण लेख्दैन, मलाई थाहा छ । मलाई मंगोल भन्न र दर्ता देको छैन । जब म दर्ता गर्न गए । तपाईले मंगोल शव्द हटाउनुस भन्यो । मैले तपाई राजाले र हिन्दुले हिन्दु आर्यन भन्न पाउदा खेरी मंगोल किन भन्न नपाउने ? भने पछि १५ मिनेट अगाडि दर्ता दियो । तर भोलि रिकन्नाइज अर्थात दर्ता दिएन । 

मैले सर्वोच्चमा ३ वर्ष मुद्दा लडे । सिंगल बेन्चमा मैले जिते, डिभिजन बेन्चमा मुद्दा फैसला गर्नै सकेन । हाइवेन्चमा जब मलाई हरायो तर मैले सर्वोच्चमा न्याय पाउछु र मंगोल नेशनल अर्गनाइजेशनले दर्ता पाउछ भनेर गएको होइन । म सर्वोच्च अदालतमा दुई कारणले गएको थिए । एउटा कारण थियो–हामीलाई बाहुन क्षेत्री न्यायधिशहरुले यो मतवालीहरु हामीसँग के टक्कर गर्न सक्छ ? हामी भन्दा लुकी हाल्छ, लुकि रहन्थ्यो । अहमता थियो, त्यो टोड्नको लागि मंगोलले सर्वोच्चमा च्यालेन्ज गरेर गएको हो । न्याय पाउछु भनेर होइन किन भने यहाँ न्याय दिदैन । त्यो मलाई राम्ररी थाहा छ । 

त्यो किन न्याय दिदैन भने जब सम्म हाम्रो बलियो शक्ति भएर सम्याउन सक्दैनौ । तर त्यो दिन टाढा पनि छैन । अर्को कारण के थियो भने अधिवक्ताहरु धेरै छन् । अधिवक्ताहरु पढिरहेका छन्, कोही रहर गर्ने अधिवक्ता छन तर न्यायको लागि बाहुन क्षेत्रीलाई च्यालेन्ज गरेर जान सक्दैन थियो । यसकारणले म त्यहाँ च्यालेन्ज गरेर जानको लागि  पनि हाम्रो एडभोकेसी गर्नेहरु भखर जान्नेहरुले पनि गोपाल गुरुङ त एडभोकेड नै होइन । 

उनले त च्यालेन्ज गरेर गए भने हामी किन नजाने भनेर आत्माबल मन पुस गर्न मात्र गएको हो । त्यसपछि मंगोल नेशनल अर्गनाइजेशनलाई बचाउनको लागि जब म गाउँ गाउँमा गए । भत्काउनको लागि धेरै कुरा प्रयास गर्यो सरकारले । हुन त नामको लागि भए पनि सप्पै पार्टी मिलेर लोकतान्त्रिक गणतन्त्र आएको हो । अर्थात लोकतन्त्र भनेको पनि रिपव्लिकन गणतन्त्र नै हो । 

गणतन्त्र भनेको पनि रिपव्लिकन नै हो तर धेैले भन्छ–लोकतन्त्र आयो–लोकतन्त्र आयो । लोकतन्त्र आको छैन । जवसम्म राजा रहन्छ त्यो राजाको ठाउँमा जनताको छोरा राष्ट्रपति भएर आउदैन तव सम्म लोकतन्त्र आउदैन । बल्लबल्ल दवाव पर्दा पर्दा अहिले चाहि संशोधन गर्यो । कमसेकम अहिलेको अन्तरिम संबिधानमा राख्यो । भोलि मूल संबिधान बनाउदाखेरी संबिधान सभाको चुनाव भएर जुन संबिधान बन्छ त्यसमा धर्मनिरपेक्ष, संघात्मक सरकार तर संघात्मक सरकार समुदायको नाममा तमुवान, लिम्बुवान, खम्बुवान भनेर राखिनु हुँदैन । नदि नालाको नाममा राखिनु पर्छ । 

संघात्मक सरकार भोलि संबिधान बने पछि तीन वटा कुरा संघात्मक सरकार, धर्मनिरपेक्ष गणतन्त्र प्रस्तावना ९एचभबmदभि० मा राखिनु पर्छ । कुनै आर्टिकल (धारामा होइन) तब मात्र हाम्रो धेरै सपना पूरा हुन्छ । जब म मैदानमा निस्किए मंगोल नेशनल अर्गनाइजेशन लिएर । पहिलाको राजाको सरकारले मेरो जम्मै कार्यकर्ताहरुलाई बिदेश पठाइ दियो, मलाई एक्लो बनाउनको लागि किन, भने राजनीतिमा साम, दाम, दन्ड भेद हुन्छ । मलाई पनि साम, दाम, दन्ड दियो । किन भने मलाई एक्लो बनाउन खोजी रहेको थियो । साम, दाम, दन्ड भेदको नीति अपनाइरहेको थियो । अनि हिजोसम्म हामीलाई बाहुन क्षेत्रीले सबै प्रकारकाले आक्रमण गर्थे किन भने उनीहरुले राजालाई काखी च्यापेको थियो । 

हुन त सबै पार्टीमा कहि न कहि राजतन्त्रका समर्थक छन् र भ्रष्टचारी छन् । कांग्रेस भित्र पनि राजावादी छन्, माओवादी भित्र पनि, सबै पार्टीमा छन् । त्यसकारण जबसम्म त्यो निर्मुल भइ सक्दैन तव सम्म पनि गणतन्त्रलाई खतरा हुन्छ । उनीहरु किन यस्तो गरि रहेका छन् । तीन ओटा कुरा आइरहेको छ । एउटा मूलबासी, एउटा आदिबासी, एउटा जनजाति । 

हामीले मूलबासी किन भनेको ? मैले मूलबासी भनेर किन यत्रो संघर्ष गरिरहेको छु ? आदिबासी भनेको बाहुन क्षेत्री पनि आदिबासी हो । तर जनजाति आदिबासी होइन । जनजाति भनेको त्यसको देशै हुँदैन । त्यसकारण जनजाति आदिबासी पनि होइन । यो देशको घरबासी पनि होइन । जनजातिलाई अंग्रेजीमा Nomad, Gypsy, Horde  भनिन्छ । 

तर जनजातिको नाममा विभिन्न ठाउँबाट र डिएफआइडीले ठुलै रकम छुट्याएको थियो । तर मूलबासीको नाममा एक पैसा पनि छुट्याएको छैन । मूलबासी भन्दै नभनोस भन्ने उनीहरुको अभिलाषा हो तर त्यो अभिलाषा पुरा हुँदैन र म बाँचिन्जेल पुरा हुन दिन्न । म खाँटी बन्नु पर्छ । जनजातिहरुलाई राजाको आर्शिवाद पाएर संसारबाट ४ अरव ठगेर खाको छ । त्यो हामीले मुद्दा हालिउ भ्रष्टाचारमा तर त्यहि राजाकै नेतृत्व भ्रष्टचारी थियो । त्यही भएर याद गरेन र अब विस्तारो विस्तारो गणतन्त्र आउछ । साच्चै धर्मनिरपेक्ष हुन्छ तव त्यसको खोजी हुन्छ । अहिले धर्मनिरपेक्ष भनेर जुन हल्ला गर्यो तर धर्मनिरपेक्षता आएको छैन ।

मूलबासी भनेको एक करोड दस लाख वर्ष भन्दा पुरानो हो । यसकारण “हामी (एप टु मेन) यहि उत्पति भएकोले हामी मूलबासी हौं । अब बाहुन क्षेत्री आदिबासी किन हुन र जनजातिको देशै किन हुँदैन किन हो ? र भखरै भने जनजातिको स्थितिमा पुर्याउनु, बनाउनु, भनाउनु ४४१ बर्ष लाग्यो । आदिबासी भनेको migrated people हो ।

नोट :- फाउण्डर प्रेसिडेण्ट अमर पुरुष डा.गोपाल गुरुङले मंगोल नेशनल अर्गनाइजेशनको १९ औं बार्षिक उत्सवलाई १ जनवरी २००८ मा सम्बोधनका क्रममा दिनु भएको भाषणको एक अंश ।