पाल्पा निस्दी गाउँपालिका-६ अर्चले गाउँमा लोपोन्मुख कौरा नाच संरक्षण गर्न कौरा नाच समूहलाई मगरी पोशक बितरण - MONGOL KHABAR

Breaking

पाल्पा निस्दी गाउँपालिका-६ अर्चले गाउँमा लोपोन्मुख कौरा नाच संरक्षण गर्न कौरा नाच समूहलाई मगरी पोशक बितरण

होम राई मगर
पाल्पा । असार २२ शनिबार, निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा एक कार्यक्रमका बिच लोपोन्मुख कौरा नाच संरक्षण गर्न कौरा नाच समूहलाई मगरी पोशक बितरण गरिएको छ ।

आदिवासी जनजाति उत्थान समन्वय समितीका अध्यक्ष कृष्ण बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सुनारीले पुराना लोक संस्कृती लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई जोगाउन अहिलेका युवाहरु लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ निस्दी,पाल्पाका अध्यक्ष राम बहादुर पाटा मगरले निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोबास रहेको भन्दै आफ्नो भाषा र पहिचान बिर्सन नहुने बताउनुभयो । कार्यक्रममा आदिवासी जनजाति समन्वय समिति निस्दीका अध्यक्ष नर बहादुर सुनारी,लाल बहादुर बयम्बु लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

निस्दी गाउँपालिकाको कुल १ लाख रुपैयाँको अनुदानमा सात्दोबाट र रनगुवा टोलका ४२ जना कौरा नाचका कलाकारहरुलाई मगरी पोशक वितरण गरिएको हो । समितिका सदस्य लिलाराम राई मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सचिब होम राई मगरले संचालन गर्नुभएको थियो ।