जगत ठाडा मंगोल
काठमाडौ । श्रावण १० शुक्रबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको भातृसंगठन संघिय मंगोल युबा सभाको विशेष आयोजनामा मंगोल युबाहरुको लागि एक दिने क्षमता वृद्धि कार्यक्रम संचालन हुने भएको छ ।
कार्यक्रम काठमाडौ सुकेधारा स्थित होटेल डाँफेको सभाहलमा यहि श्रावण १८ गते बिहान ६ बजे देखि बेलुकी ४ बजे सम्म चल्ने जानकारी संघीय युबा सभाका प्रदेश नम्बर ३ का संयोजन युबा नेत्री मन्दिरा मोक्तानले मंगोल खबर अन्लाइनलाई जानकारी दिनुभएको छ ।
कार्यक्रम युबाहरुको क्षमता वृद्धि, मंगोल युबा एकता, भाबी दिनमा मंगोल युबाहरुको शक्तिलाई कसरी सदुपयोग गर्ने, युबा शक्ति कसरी परिचालन गर्ने र साथै मंगोल युबा जागरुक गर्ने सम्बन्धि छलफल हुने भएकोले ७७ जिल्लाका मंगोल युबा सभाका जिल्ला अध्यक्ष नगर अध्यक्ष तथा युबा सभाका पदाधिकारीहरुलाई अनिबार्य उपस्थिति हुन संघिय युबा सभाका संयोजक अमित याख्खाले हार्दिक आह्वान गर्नुभएको छ ।
साथै कार्यक्रममा सहभागी हुन र जानकारीको लागि संघिय युबा सभाका तीन नम्बर प्रदेश संयोजक मन्दिरा मोक्तान ज्युलाई तल उल्लेखित नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछ ।
नेत्री मन्दिरा मोक्तान :- ९८६६३७२७४२
