मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ रुपन्देहीले Agust 9 अथबा २५ औँ मुलबासी दिवस मनाउने - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ रुपन्देहीले Agust 9 अथबा २५ औँ मुलबासी दिवस मनाउने

बुटवल । साउन १६, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ रुपन्देहीले ९ अगष्ट अथबा २५ औं विश्व मुलबासी दिवस भव्य रुपमा मनाउने भएको छ।
विश्वभरका मुलबासीले सन् १९९४ साल देखि प्रत्येक वर्ष ९ अगष्टका दिनमा मनाउदै आइरहेको विश्व मुलबासी दिवस रुपन्देहीले पनि कार्यक्रम गरि मनाउन लागेको मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ रुपन्देहीका संयोजक भिम मंगोलले आजको भेट्घाट् कार्यक्रममा मंगोल खबर अन्लाईनलाई जानकारी दिएको छ ।

श्रावण २४ गते हुने कार्यक्रममा चितवन, नवलपुर, पाल्पा र दाङ जिल्ला सभाका जिल्ला संयोजक तथा कार्यकर्ताहरुको उपस्थिति रहने संगठनका केन्द्रिय सदस्य जगत ठाडा मंगोलले बताउनु भएको छ ।

उक्त कार्यक्रम रुपन्देहीको योगिकुटी देखि शान्तीपुर्ण र्याली गर्दै राजमार्ग चौराहमा पुगि कोण सभा गरि कार्यक्रम समापन गर्ने संघीय सभाका प्रबक्ता तथा बिदेश बिभाग प्रमुख तुलवीर दर्लामी मगरले बताउनु भएको छ ।

भेटघाट कार्यक्रममा संघीय सभाका प्रबक्ता तथा बिदेश बिभाग प्रमुख तुलवीर दर्लामी, संघिय सभाका सदस्य जगत ठाडा मंगोल, रुपन्देही जिल्ला सभा संयोजक भिम मंगोल, मंगोल युबा सभा पाँच नम्बर संयोजक अर्बिन थापा मगर लगायतका नेता तथा स्थानीय कार्यकर्ताहरुको सहभागी रहेको थियो ।