चरङ्गे खेलकुद तथा साँस्कृतिक महोत्सव-२०७६ " हुने - MONGOL KHABAR

Breaking

चरङ्गे खेलकुद तथा साँस्कृतिक महोत्सव-२०७६ " हुने

नवलपुर । श्रावण १९, आइतबार बिगतमा जस्तै आउदै गरेको नेपाली हिन्दुहरुको बडा दशैको अबसर पारी यस बर्ष पनि सम्झना युबा क्लब मध्यबिन्दु नगरपालिका -१४ चरङ्गे नवलपुरको आयोजनामा " चरङ्गे खेलकुद तथा साँस्कृतिक  महोत्सव-२०७६ " हुने भएको छ ।
पुराना मौलिक कला साँस्कृतिकको संरक्षण तथा युबा खेलकुद बिकासको उदेश्य र मुख्यतय कल्बको भवन निर्माण सहयोगार्थको लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । साँस्कृतिक तथा खेतकुद महत्सोब आउदो असोज २३ देखि २५ गते सम्म संचालन हुने उक्त क्लबको अध्यक्ष दुर्शम मगरले  मंगोल खबर अन्लाईनलाई जानकारी दिनुभएको छ ।

उक्त महत्सोब अबधिभर राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, खुल्ला भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य प्रतियोगिता, मारुनी नाच, सराय नाच, कौरा नाच र झ्याउरे नाचको साथमा मगर समुदायमा झल्किने कला सस्कृति र स्थानीय मौलिक उत्पादनको प्रर्दशनी मुख्य आकर्षणको रुपमा रहने जानकारी दिनुभएको छ । क्लब परिवारले नजिकको पाय पर्ने सम्पुर्ण नगरबासी तथा छिमेकी जिल्लालाई समेत महत्सोबको अबलोकन गरि सफल बनाउन आह्वान समेत गरेको छ ।